शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रुखले किचेर वृद्धको मृत्यु

बिहीबार, १० पुस २०७६, १८ : ३३
बिहीबार, १० पुस २०७६

ताप्लेजुङ । ताप्लेजुङको सिरिजंघा गाउँपालिका–२ आम्बेगुदिनमा सडक निर्माणका क्रममा ढलेको रुखले किचेर एक वृद्धको ज्यान गएको छ । 

आम्बेगुदिनस्थित हप्पुखोलाबाट तेल्लोक जोड्ने मोटरबाटो निर्माणका क्रममा ढलेको रुखले किच्दा स्थानीय ६० वर्षीय पदम माया खड्काको घटनास्थलमा नै ज्यान गएको आम्बेगुदिन प्रहरी चौकीले जनाएको हो । 

प्रहरीका अनुसार आज दिउँसो घर छेउमा रहेर मेशिनले बाटो बनाएको हेरिरहेका वृद्धलाई अचानक ढलेको रुखले किचेको थियो । 

मेशिनभन्दा झण्डै पाँच मिटर पर रहेकोे सुकेको रुख मेशिनको भाइब्रेसनका कारण अचानक ढलेको हुन सक्ने चौकीका प्रहरी सहायक निरीक्षक गोपीलाल लिम्बूले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप