शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मन्त्री गुरुङको पहलमा सुत्केरीको हेलिकोप्टरद्वारा उद्धार

बिहीबार, १० पुस २०७६, १८ : ३१
बिहीबार, १० पुस २०७६

दोलखा । दोलखाको बिगु गाउँपालिका–८ खोपाचागुकी  सुत्केरीको हवाई उद्धार गरिएको छ ।  सो गाउँपालिकाकी १७ वर्षीया सुष्मा श्रेष्ठलाई सुत्केरीको जटिल अवस्थामा हेलिकप्टर मार्फत आज काठमाडौँ लगिएको छ ।

 महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङको पहलमा उनको उद्धार गरिएको जनाइएको छ । सुत्केरी ब्यथा लागेको लामो समयसम्म पनि बच्चा नजन्मिएपछि श्रेष्ठलाई खोपाचागु स्वास्थ्यचौकीले थप उपचारका लागि चरिकोट अस्पातललाई सिफारिस गरेको थियो ।

अस्पतालका चिकित्सक विनोद डङ्गोलले आमा र शिशुलाई  खतरा हुने भएकाले तत्काल शल्यक्रिया गरी शिशु निकालिएको जानकारी दिए । उनले शल्यक्रियापछि सुत्केरीको स्वासप्रस्वासको गति बढेको र सघन उपचार कक्षमा राखी थप उपचार गर्नुपर्ने भएकाले तत्काल काठमाडौँ पठाइएको बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप