राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदानस्थल तोकियो, कुन प्रदेशको कहाँ ?
काठमाडौं । माघ ९ गतेका लागि तोकिएको राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले मतदानस्थल तोकिएको छ ।
जसअनुसार प्रदेश नं. १ को मोरङस्थित बिराटनगर महानगरपालिकाको बीरेन्द्र सभागृहमा मतदान स्थल तोकिएको छ । उक्त केन्द्रमा प्रदेशसभा सदस्यतर्पm ९३ र स्थानीय तहतर्पm अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख २८४ गरी जम्मा ३६७ जना मतदाता रहेका छन् ।
यस्तै प्रदेश नं. २ को धनुषास्थित जनकपुर उपमहानगरपालिकाको महेन्द्र नारायण स्मृति भवनमा मतदान स्थल तोकिएको छ । उक्त केन्द्रमा प्रदेशसभा सदस्यतर्पm १०७ र स्थानीय तहतर्पm अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख २७२ गरी जम्मा ३७९ जना मतदाता रहेका छन् ।
प्रदेश नं. ३ को ललितपुरस्थित ललितपुर महानगरपालिकाको वडा समितिको भवनमा मतदान स्थल तोकिएको छ । उक्त केन्द्रमा प्रदेशसभा सदस्यतर्पm ११० र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख २३८ गरी जम्मा ३४८ जना मतदाता रहेको आयोगले जनाएको छ ।
यसैगरी गण्डकी प्रदेशको कास्की जिल्ला निर्वाचन कार्यालय पोखरामा मतदान स्थल तोकिएको छ । उक्त केन्द्रमा प्रदेशसभा सदस्यतर्पm ६० र स्थानीय तहतर्फ.अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख १७० गरी जम्मा २३० जना मतदाता रहेका छन् ।
प्रदेश नं. ५ को दाङस्थित घोराही उपमहानगरपालिकाकोे कर्मचारी मिलन केन्द्रको भवनमा मतदान स्थल तोकिएको छ । उक्त केन्द्रमा प्रदेशसभा सदस्यतर्पm ८७ र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख २१८ गरी जम्मा ३०५ जना मतदाता रहेका छन् ।
यसैगरी कर्णाली प्रदेशको सुर्खेतस्थित बीरेन्द्रनगरको .जिल्ला निर्वाचन कार्यालय परिसरको भवनमा मतदान स्थल तोकिएको छ । उक्त केन्द्रमा प्रदेशसभा सदस्यतर्पm ४० र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख १५८ गरी जम्मा १९८ जना मतदाता रहेका छन् ।
यसैगरी सुदूर पश्चिम प्रदेशको डोटीस्थित सिलगढी नगरपालिकाकोे पद्म पब्लिक मुक्ति नारायण उच्च मा.वि.मा मतदान स्थल तोकिएको छ । उक्त केन्द्रमा प्रदेशसभा सदस्यतर्फ ५३ र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख र उपप्रमुख १७६ गरी जम्मा २२९ जना मतदाता रहेका छन् ।
आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले सातवटा प्रदेशमा प्रदेशसभा सदस्यतर्फका ५५० र स्थानीय तहतर्पmका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख र उपप्रमुख १ हजार ५०६ गरी जम्मा २ हजार ५६ जना मतदाता रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हमासलाई नेतन्याहूको चेतावनी-शनिबारसम्म थप बन्धक रिहा नगरे युद्धविराम समाप्त
-
माइतीघरमा आन्दोलनरत स्वर्गद्वारी गुठी पीडित किसानलाई सरकारद्वारा वार्ताको लागि आह्वान
-
१२ बजे, १२ समाचार : पूर्व राष्ट्रपति भण्डारीलाई बाटो खुल्योदेखि बागमतीका ८ सहकारीको छानविनमा सीआईबीलाई निम्तोसम्म
-
रुकुम पूर्वमा तीन जनाको शव फेला
-
१० बजे १० समाचार : विद्यालाई बाटो खुला, बलात्कार आरोपीलाई उन्मुक्ति
-
ढल्कुबाट लागुऔषध एम्फेटामाइन आइससहित दुईजना पक्राउ