बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

राजीनामा दिनुअघि पार्टी लाइनको प्रतिक्षामा तुम्वाहाङ्फे

बिहीबार, १० पुस २०७६, १७ : ३९
बिहीबार, १० पुस २०७६

काठमाडौं । उपसभामुख शिवमाया तुम्वाहाङ्फेले शुक्रबार राजीनामा दिने तयारी गरेकी छन् । 

प्रतिनिधि सभाको बैठक शुक्रबारका लागि बोलाइएको छ । त्यसअगावै तुम्वाहाङ्फेले राजीनामा दिने भनिएपनि उपसभामुखबाट राजीनामा दिएपछि उनको व्यवस्थापन कसरी गर्ने भन्ने निश्चित नभएकाले उनले बिहीबारै गर्ने भनिएको राजीनामा एक दिन पर सारेकी छन् । 

‘बिहीबार राजीनामा दिने तयारी थियो । तर पार्टीको लाइन स्पस्ट रुपमा आएन । भोलि बिहानसम्म लाइन क्लियर भएपछि राजीनामा आउँछ’ उपसभामुख तुम्वाहाङ्फेको सचिवालय स्रोतले भन्यो, ‘त्यसै राजीनामा गर्ने कुरा पनि भएन ।’

तुम्वाहाङ्फेले उपसभामुखबाट राजीनामा दिए आफूलाई सभामुखको दाबेदारका रुपमा अगाडि सारेकी छन् । तर नेकपा नेतृत्व खासगरी प्रधानमन्त्री केपी शर्मा ओली नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई सभामुख बनाउन चाहेका छन् । उता अर्का अध्यक्ष पुष्पकमल दाहालमाथि नेता अग्नि सापाकोटालाई सभामुख बनाउनुपर्ने दवाव छ । नेम्वाङलाई ओली, सापकोटालाई दाहालको साथ रहेका बेला शिवमायालाई भने राष्ट्रपति विद्यादेवी भण्डारीलगायतले सभामुखका लागि अघि सार्दै आएका छन् । 

तत्कालीन सभामुख कृष्ण बहादुर महरालाई वलात्कार प्रयासको आरोप लागेपछि असोज १४ गतेयता सभामुख पद रिक्त छ । सभामुख पद नेकपा आफैले राख्न चाहेपछि उपसभामुख तुम्वाहाङ्फेलाई समेत राजीनामा दिन लगाएर उपसभामुख अरु दललाई र सभामुख आफ्नै दलले लिने नेकपाको तयारी छ । 

त्यसका लागि यसअघि तुम्वाहाङ्फेलाई मन्त्री पद दिने शर्तमा राजिनामा गर्न भनिएपनि उनले अस्वीकार गरेकी थिइन् । तर पछिल्लो पटक भने उनलाई कहाँ व्यवस्थापन गर्ने भन्ने स्पस्ट भैनसकेकाले राजिनामा गर्न पनि ढिला गरेको स्रोतको भनाइ छ ।

 शुक्रबार बिहानसम्म नेकपाका दुई अध्यक्ष ओली र प्रचण्डले तुम्वाहाङफेको व्यवस्थापनबारे निश्चित गरेपछि राजीनामा दिने तयारी गरेको बताइएको छ । 

तुम्वाहाङ्फेले राजीनामा गरेपछि जेष्ठ सदस्यले संसद बैठकको अध्यक्षता गरेर निर्वाचन प्रक्रिया सुरु गर्ने तयारी दल र संसद सचिवालयबीच छलफल भैसकेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप