शुक्रबार, १४ मङ्सिर २०८१
ताजा लोकप्रिय

माओवादी आन्दोलनको रूपान्तरण कसरी ?

मङ्गलबार, ०६ भदौ २०७४, १० : २४
मङ्गलबार, ०६ भदौ २०७४


गंग बहादुर पन्थी
आज देश असोज २ गते हुन गइरहेको स्थानिय तहको तेस्रोचरणको निर्वाचन र आसन्न प्रादेशिक एवम् संघको निर्वाचनमा केन्द्रीत भइरहेको छ । संविधानशभाबाट जारी भएको नेपालको संविधान २०७२ को कार्यान्वयनको क्रममा संवैधानिक बाध्यताको कारणले पनि २०७४ माघ ७ गतेभित्र सबैतहका निर्वाचन सम्पन्न गर्नुको विकल्प हामीसँग छैन । स्थानीय तहका २ चरणका निर्वाचनहरू सम्पन्न भइसके पश्चात सबै राजनीतिक दलहरूले नतिजालाई समिक्षा गरिरहेको सन्दर्भमा दश वर्षे जनयुद्धको नेतृत्व गरेको माओवादी केन्द्र र त्यसबाट फुटेर निर्माण भएका माओवादी धारा एवं गैरमाओवादी धाराका पार्टीहरूलाई भने उक्त निर्वाचनका परिणामले सन्तोष ल्याउन सकेन ।

माओवादी केन्द्रको भर्खरै सम्पन्न केन्द्रीय सचिवालयको बैठकमा निर्वाचन परिणामको बारेमा गम्भीर आत्मसमिक्षा गरिए पनि रूपान्तरणको स्पष्ट कार्य योजनासहितको खाका भने आउन सकेन । भलै भर्खर मात्रै नयाँ शक्ति पार्टीका पूर्व माओवादी समूहका पन्ध्र जना नेता लगयातको ठुलो टिम धुव्रीकरणको नाममा माओवादी केन्द्र प्रवेश गर्ने तयारी गर्दैछन् भने विभिन्न समूहका पूर्व माओवादीहरु माओवादी केन्द्रमा फर्कनेक्रम पनि जारी नै छ । त्यसैगरी नयाँशक्ति पार्टीले पनि समिक्षा बैठकबाट केन्द्रीय कार्यकारी परिषद् विघटन र नियमित कार्ययोजना निर्माण गर्नुबाहेक वैकल्पिक शक्ति निर्माणको लागि आशातित सम्भावनाहरू जगाउन सकेन । यी नै विषयहरूमा केन्द्रित रहेर यस लेखमा केही विषयहरू प्रस्तुत गर्न खोजिएको छ ।

२०५२ साल फागुन १ गते जनयुद्ध शुरू गर्दा माओवादी आन्दोलनमा नत सशक्त पार्टी थियो, नत जनसेना अनि हतियार नै थियो । अनि ठूलो संख्यामा साथ दिने जनसमुदाय पनि थिएन् । तर महान् विचारसहित युद्धमा होमिएको माओवादी आन्दोलनमा विचारकै कारणले ती कुराहरू क्रमशः प्राप्त हँुदैगए । अन्ततः देशको आधाभन्दा बढी भूभाग माओवादीको कब्जामा पुग्यो । 


नेपालका हरेक ठूला राजनीतिक दलहरू आन्दोलनको भट्टीबाटै हुर्किएर आएको पाइन्छ । २००७ सालको आन्दोलनको पृष्ठभूमिमा नेपाली कांग्रेसको जन्म भएको थियो भने हालको ने.क.पा. एमालेले पनि २०२८ सालको झापा आन्दोलनको अगुवाई गरेर आएको हो । त्यसैगरी माओवादी केन्द्र त झन् १० वर्षे जनयुद्धको राप र तापबाट वर्तमान राजनीतिमा आएको हो । सर्वहारा वर्गका महान् नेता क.माओत्सेतुङको विचारमा विचार र कार्यदिशा ठीक हुनु वा नहुनुले सबै कुराको निर्धारण गर्दछ । विचार ठीक छ भने सेना नभएको पार्टीसँग सेना प्राप्त हुन्छ, हतियार नभएको पार्टीलाई हतियार प्राप्त हुन्छ र विशाल जनसमुदायको पंक्तीले पार्टीलाई साथ दिँदै जान्छन् । माओवादी आन्दोलनमा पनि ठीक त्यही नियम लागू भयो । २०५२ साल फागुन १ गते जनयुद्ध शुरू गर्दा माओवादी आन्दोलनमा नत सशक्त पार्टी थियो, नत जनसेना अनि हतियार नै थियो । अनि ठूलो संख्यामा साथ दिने जनसमुदाय पनि थिएन् । तर महान् विचारसहित युद्धमा होमिएको माओवादी आन्दोलनमा विचारकै कारणले ती कुराहरू क्रमशः प्राप्त हँुदैगए । अन्ततः देशको आधाभन्दा बढी भूभाग माओवादीको कब्जामा पुग्यो । 


२०६१ सालको माघ १९ को शाही कदममार्फत तत्कालिन राजा ज्ञानेन्द्रबाट सम्पूर्ण राजकीय शक्ति आफ्नो हातमा लिइसकेपछि नेपाली कांग्रेस र एमाले लगायतका राजनीतिक दलहरू माओवादीसँग सहकार्य गर्न पुगे । २०५२ सालमा माओवादी पार्टीले जनयुद्ध गर्दा यो आतंककारी गतिविधि हो, एक हप्तामै ठीक पारिन्छ भन्ने तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा ( जो अहिले माओवादी पार्टीकै सहयोगमा प्रधानमन्त्री हुनुहुन्छ ) लगायतका राजनीतिक दलहरू माओवादीको शरणमा पुगेर गोलमेच सम्मेलन, अन्तरिम सरकार र संविधानसभाको नारासँग सहमत हुन पुगे । (स्मरणरहोस् २०४७ सालको संविधानलाई संशोधन गरी माओवादीका केही माग पूरा गराई वार्ता प्रक्रियामा सहभागी गराउनुपर्छ भन्ने नागरिक आवाज उठ्दा उक्त संविधान विश्वको सर्वोत्कृष्ट संविधान भएको जिकिर गर्दै संविधानमा कमा र फुलस्टप समेत परिवर्तन गर्न सकिँदैन भन्ने यिनै राजनीतिक दलहरू थिए ) भने २०५८ सालको पहिलो शान्तिवार्ता र २०६० सालको दोस्रो शान्तिवार्ताको क्रममा गोलमेच सम्मेलन, अन्तरिम सरकार र संविधानसभाको माग सम्वोधन गर्न तत्कालिन ठूला राजनीतिक दलहरू कांग्रेस र एमाले तयार नभएकै कारणले शान्तिवार्ता भंग भएको थियो ।

यसरी २०६२ सालसम्म आइपुग्दा ती ठूला भनिने राजनीतिक दलहरू माओवादीको नारामा सहमत हुन आइपुगे । यसको पछाडि माओवादीको विचार विचारप्रतिको चटनी आस्था एवं सो विचारलाई कार्यान्वयन गर्न सक्ने दृढ संकल्ेिपत नेत्तृवको कारणले संभव भयो । आपूmहरूलाई आतंककारीको बिल्ला भिराई पचासौँ लाख टाउकाको मूल्य तोकिँदा समेत त्यसको प्रवाह नगरी टाउकोमा कात्रो बाँधेर युद्धमा होमिएका नेपाली जनताको मुक्तिका लागि लड्ने तत्कालिन माओवादी नेतृत्व र पार्टी पंक्तिकोे त्याग वास्तवमा स्मरण गर्न योग्य छ, जसको कारणले देशमा परिवर्तन सम्भव भयो । देशमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशिता, समानुपातिक प्रतिनिधित्व लगायतका कुराहरूको प्राप्ति भयो ।


२०६३ सालमा तत्कालिन शाही सरकारले घुँडाटेकी देशमा लोकतन्त्रको पूर्नवहालीसँगै देश नयाँयुगमा प्रवेश गर्यो । वार्ता र संवादको माध्यमद्वारा अगाडि बढ्दै २०६३ मंसीर ५ गतेको विस्तृत शान्ति सम्झौता मार्फत शान्ति प्रकृयाबाटै अगाडि बढ्ने प्रतिबद्धता माओवादीले जनायो । २०६४ साल चैत २८ गते सम्पन्न पहिलो ऐतिहासिक संविधानसभाको निर्वाचनमा जनताले माओवादी पार्टीलाई अभूतपूृर्वक समर्थन गर्दै पहिलो पार्टी बनाए । यो वास्तवमा २०४६ साल पछिको संसदीय राजनीतिको विकृतिका विरूद्धको विद्रोह र १७ हजार मानिसको बलिदानमा स्थापित परिवर्तनकामी शक्तिलाई जनताले दिएको ऐतिहासिक अवसर थियो । ‘सबैलाई हेर्यौँ पटकपटक, माओवादीलाई हेरौँ यसपटक’ भन्ने लोकप्रिय नाराले पनि माओवादी पंक्तिलाई निकै मद्दत पुर्यायो । काठमाडौं उपत्यका, पोखरा लगायतका ठाउँहरूमा पनि माओवादीको राम्रो उपस्थिति देखियो । माओवादी पार्टीलाई जनताले बहुमत नदिए पनि १ नं. को पार्टी बनाए ।


तर संविधानसभाको परिणामपछि असाध्यै हौसिएको माओवादी पंक्तिले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा अन्य पार्टीहरूसँग परिपक्व गठबन्धन निर्माण गर्न नसक्नुको कारण पहिलो पार्टी हुँदाहुँदै पनि उक्त दुबै पदहरू गुमाउनु प¥यो । राष्ट्रपति र उपराष्ट्रपति दुबै पदको लोभ नगरी राष्ट्रपति आफ्नै पोल्टामा पार्नसक्ने सम्भावनालाई पनि माओवादीले गुमायो ।

आफ्नै पार्टीको अन्र्तसंघर्षको कारणले ढलेको माधव नेपाल नेतृत्वको सरकार पछि माओवादीको समर्थनमा ऊ सम्मिलित तत्कालिन नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल नेतृत्वको सरकारको राजिनामासँगै माओवादीलाई पुनः सरकारको नेतृत्व गर्ने अवसर प्राप्त भयो ।  माओवादी पार्टीबाटै डा. बाबुराम भट्टराई प्रधानमन्त्री बने । तर तत्कालिन राजनीतिमा सबैको हाइहाइ बनेका डा. भट्टराई असाध्यै कमजोर धरातल (मधेशी पार्टीको समर्थन) मा सरकारको नेतृत्व गर्नु कति उपयुक्त थियो ? माओवादी पार्टी र स्वयं उनकै लागि पनि यो समिक्षाको यक्ष प्रश्न हो । 

शान्ति प्रकृयामा आइसकेपछि भोलिका दिनमा माओवादी पार्टीले सरकारको नेतृत्व गर्ने परिस्थितिमा अध्यक्ष प्रचण्डको उद्घोष आपूmलगायत पहिलो तप्काका नेताहरू सरकारमा नगएर दोस्रो तप्काका नेताहरू सरकारमा पठाउने भन्ने थियो । तर सो प्रतिवद्धताका विरूद्ध अध्यक्ष प्रचण्डको नेतृत्वमा डा. बाबुराम भट्टराई, राम ब. थापा (बादल) सहितको समूह नै तत्कालिन सरकारमा सहभागी बने । दस वर्ष जनयुद्ध र १९ दिने जनआन्दोलनका मागबमोजिमको प्रगतिशील संविधान निर्माणमा आफ्नो सम्पूर्ण शक्ति लगाउनुपर्ने माओवादीले व्यवस्था नै परिवर्तन गरे जसरी आपूmलाई सरकारसँग जोड्न थाल्यो जबकी त्यो त युद्धको एउटा मोर्चा मात्र थियो । सरकारको मोर्चा मात्र सम्हालेको माओवादीले राज्यसत्ता नै हातमा आए जसरी क्रान्तिकारी निर्णयहरू गर्न थाल्यो । तत्कालिन सेनाप्रमुख रूक्मागंत कटुवाललाई कारवाही गर्ने लगायतका निर्णयहरूले गर्दा माओवादी पार्टी सरकारबाट बाहिरिनु प¥यो । 


सरकारवाट बाहिरिएसँगै माओवादी पार्टी राष्ट्रिपतिको असंवैधानिक कदम र तत्कालिन माधव नेपाल नेतृत्वको सरकारको विरूद्धमा आन्दोलनमा होमियो । अन्तत् देशभरिका कार्यकर्ता काठमाडौँमा भेला पारेर गरिएको एकहप्ते आमहड्तालसँगै बिना निश्कर्ष आन्दोलनवाट पछि हट्न बाध्य भयो माओवादी । देश संविधान निर्माणमा केन्द्रित हुनुपर्ने बेला, यहाँको राजनीति त सरकार वनाउने र गिराउने खेलमा केन्द्रित भयो । माओवादी पार्टी यसबाट पृथक बस्नुपर्नेमा ऊ स्वयं खेलमा सहभागी बनेपछि आमजनसमुदायको माओवादीप्रतिको धारणामा पनि परिवर्तन हुने नै भयो । 


आफ्नै पार्टीको अन्र्तसंघर्षको कारणले ढलेको माधव नेपाल नेतृत्वको सरकार पछि माओवादीको समर्थनमा ऊ सम्मिलित तत्कालिन नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल नेतृत्वको सरकारको राजिनामासँगै माओवादीलाई पुनः सरकारको नेतृत्व गर्ने अवसर प्राप्त भयो ।  माओवादी पार्टीबाटै डा. बाबुराम भट्टराई प्रधानमन्त्री बने । तर तत्कालिन राजनीतिमा सबैको हाइहाइ बनेका डा. भट्टराई असाध्यै कमजोर धरातल (मधेशी पार्टीको समर्थन) मा सरकारको नेतृत्व गर्नु कति उपयुक्त थियो ? माओवादी पार्टी र स्वयं उनकै लागि पनि यो समिक्षाको यक्ष प्रश्न हो । 


आफ्नो प्रधानमन्त्रीत्वकालमा डा. बाबुराम भट्टराईले शान्ति प्रकृयाको बाँकी काम सेना समायोजन,  राष्ट्रिय गौरवका आयोजनाहरूको सञ्चालन, काठमाडौँको बाटो फराकिलो बनाउने, जनतासँग प्रधानमन्त्रीलगायतका नमूना कार्यक्रमहरू सञ्चालन गरेकै हुन । तर पनि मधेशी पार्टीहरूको समर्थनमा सरकार सञ्चालन गर्दा ठूलो मन्त्रिमण्डल निर्माणदेखि कतिपय कुराहरूमा संविधान निर्माण गर्नुपर्ने बाध्यताका कारण उनको भिजनबमोजिमको नतिजा ल्याउन सकेनन् । प्रतिपक्षिय दलहरू त माओवादी नेतृत्वमा संविधान जारी गर्न दिने पक्षमा थिएनन् नै आफ्नै बलिदानीबाट प्राप्त संविधानसभाबाट संविधान जारी गर्ने सन्दर्भमा माओवादी नेतृत्व चुक्यो । शान्ति प्रकृयाको बाँकी काम सेना समायोजन, हतियार व्यवस्थापन आदि विषयलाई लिएर पार्टीको मोहन वैद्य (किरण) नेतृत्वको खेमा नै सोका विरूद्धमा लाग्यो । डा. बाबुराम भट्टराईलाई इमान्दारीतापूर्वक प्रधानमन्त्री बनाउन सहयोग गर्ने प्रचण्डले पनि माओवादी नेतृत्वको दोस्रो सरकारलाई सफल बनाउने र संविधान निर्माणलाई पूर्णता दिन कुशल अभिभावकीय भूमिका प्रदर्शन गर्न भने सकेनन् । अन्ततः यही सरकारकै पालामा दोस्रोपटक थपिएको संविधानशभाको म्याद समाप्त भयो । संविधानसभाको आयु सकिएसँगै माओवादीभित्रको अन्र्तसंघर्ष झन् घनिभूत भयो । मोहन वैद्य (किरण ) नेतृत्वको समूहले अन्तत् पुष्पकमल दाहाल (प्रचण्ड) र डा. बाबुराम भट्टराईसँग सम्बन्ध बिच्छेद गर्दै नयाँ पार्टी गठन ग¥यो । १७ हजार नेपाली सपुतहरूको बलिदानीबाट आएको पार्टी यसरी टुटफुट र विभाजनको सिकार बन्नु अवश्य पनि राम्रो थिएन् तर भयो त्यसै । 


तत्कालीन प्रधानन्याधीश खिलराज रेग्मीको नेतृत्वमा सरकार गठन भएसँगै देश दोस्रो संविधानशभाको निर्वाचनमा केन्द्रित भयो । पार्टी विभाजनको घाउ पुरिइनसकेको अवस्थामा वैद्य पक्षलाई साथ लिएर अगाडि बढ्नुपर्नेमा विभिन्न स–साना बामगुटहरू आपूmमा समाहित भएकोमा मख्ख पर्दै भावि राष्ट्रपति र प्रधानमन्त्रीको सपना देख्दै दोस्रो संविधानसभाको चुनावमा जान प्रचण्ड र बाबुराम भट्टराई आतुर देखिए जबकि जनताको भावना माओवादी पार्टीबाट टाढा पुगिसकेको थियो । युद्धकालमा जनताको घरघरमा पुगेर दुःखसुखका साथ दिने माओवादी पार्टी शान्तिप्रकृया र विशेषगरी पहिलो संविधानसभाको निर्वाचनपछि सहर केन्द्रित भएको थियो । पार्टी कार्यकर्ता ठेक्कापट्टामा संलग्न हुने गरेको,  कार्यकर्तालाई गउनचबमभ गर्दा  टिकेप्रथा कायम हुनु, नेता कार्यकर्ताको आचरण र कार्यशैली सर्वहारा वर्गिय नहुनु, पार्टीमा नयाँ सम्भ्रान्त वर्गको उदय हुनु, नेताहरूको रोजाइमा पार्टी कार्यकर्ताको ठाउँमा आफन्त र नातेदार पर्नु, देशलाई संघीयतामा लैजाँदा पहिचान र सामथ्र्यको आधारमा राज्य पुनर्संरचना गर्ने विश्वव्यापी मान्यता रहँदारहँदै पनि माओवादीको यही नारालाई कांग्रेस र एमालेलगायतका दलहरूले देश बिखण्डन हुनसक्ने बताउँदै माओवादीविरूद्ध नकारात्मक भावना फैलाउन सफल हुनु, लगायतका कारणले दोस्रो संविधानसभा निर्वाचनमा माओवादी तेस्रोशक्तिमा खुम्चियो । मतगणना हुँदै गर्दा मध्यरातको समयमा पत्रकार सम्मेलन गरी आफूहरूमाथि षड्यन्त्र भएको निश्कर्ष निकाल्दै मत परिणाम आफूहरूलाई अमान्य हुने घोषणा गरेको माओवादी पार्टी विगतको संविधानसभाबाट पारित भएका कुराहरूलाई स्वीकार गरी आगामी दिनमा मिलेरै जाने सहमति कांग्रेस र एमालेले जनाएसँगै संविधानसभामा सहभागी भएर संविधान लेखन प्रक्रियामा सहभागी भएसँगै दोस्रो संविधानसभाबाट २०७२ असोजमा संविधान जारी गरिएसँगै देश नयाँ युगमा प्रवेश गर्यो  । 


तर २०७० चैतमा नेपाल साप्ताहिकमा लेख लेखी वैकल्पिक शक्ति निर्माणको बहस प्रारम्भ गरेका   माओवादी पार्टीका दोस्रो वरियताका नेता एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संविधान जारी गर्दा असन्तुष्ट पक्षका माग संबोधन गर्न नसकिएको, संविधान जारी गर्दा आधा देशले दिपावली मनाउँदा आधा देशले संविधान बहिष्कार गरेको भन्दै वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता महसुस गरी पार्टीबाट एक्लै बाहिरिए । आफ्नो विचार समूहको ठूलो पंक्ति पार्टीभित्र हुँदाहुँदै बाबुराम भट्टराई आफू एक्लै पार्टीबाट बाहिरिनुको पछाडि जरैदेखि नयाँ वैकल्पिक शक्ति निर्माणको आधार सिर्जना गर्नु हो भनी उनी निकटका व्यक्तिहरूको भनाइ छ । पार्टी छोड्नुभन्दा ठीक अगाडि बाबुराम भट्टराईले प्रचण्डसँग पार्टी संरचना भंग गरी नयाँ पार्टी निर्माणको प्रस्तावसमेत राखेका थिए । तर, त्यसमा प्रचण्ड सहमत नभएपछि डा. बाबुराम भट्टराई एक्लै बाहिरिएका थिए । पछि बाबुराम विचार समूहका नेता–कार्यकर्ताले पार्टीबाट विद्रोह गरी बाबुरामलाई साथ दिए । 


प्रत्यक्ष निर्वाचित कार्यकारी, आर्थिक संवृद्धि, विकास र पाँच ‘स’ को अवधारणासहित अघि बढेको नयाँ शक्ति पार्टीले गत डेढ वर्षको अवधिमा साँच्चिकै वैकल्पिक शक्तिका रूपमा अगाडि आउन सकेको भने देखिँदैन । पहिलो संविधानसभाको विघटनसँगै पुष्पकमल दाहाल प्रचण्ड र डा. बाबुराम भट्टराईसँग सम्बन्ध विच्छेद गरेका मोहन वैद्य (किरण) को नेतृत्वको नेपाल क्रान्तिकारी कम्युनिष्ट पार्टी पनि पुनः फुटबाट ३ टुक्रामा विभाजन भईसकेको छ । रामबहादुर थापा बादलको नेतृत्वमा देव गुरूङ, पम्फा भुसाललगायतको पंक्ति भने गतवर्ष नै माओवादी केन्द्रसँग पार्टी एकीकरण गरिसकेको छ भने मोहन वैद्य किरण नेतृत्वको पंक्तिले गत स्थानीय तहको निर्वाचनमा भागलिई विद्यमान संरचनालाई स्वीकार गरिसकेको छ । त्यसैगरी मोहन वैद्य किरणबाटै छुट्टिएर बनेको नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको  नेपाल कम्युनिष्ट पार्टीले एकीकृत क्रान्तिको तयारी गर्दैछ ।

जनयुद्धका आँधीमय दिनमा सँगै यात्रा गरेका सहयात्रीहरू हाल चारवटा पार्टीको रूपमा अस्तित्वमा हुनु अवश्य पनि राम्रो होइन । फेरि ती पार्टीहरूले एक्लै आ–आफ्नै ढंगले अगाडि बढ्न खोजेर आशातित सफलता प्राप्त गर्न नसकेको पनि प्रमाणित भइसकेको छ । त्यसैले अब समय आएको छ, रूपान्तरण र एकताको । माओवादी आन्दोलनका धाराहरूले अब छुट्टाछुट्टै यात्रा गरेर गन्तव्यमा पुग्न सकिँदैन भनेर महसुस गरिसकेको बुझ्न कठिन छैन । संविधान जारी गर्दा प्रत्यक्ष निर्वाचित कार्यकारीको सवालमा दह्रो अडान राख्न नसकेको माओवादी केन्द्रले प्रत्यक्ष निर्वाचित कार्यकारीको विषयलाई पुनः उठाउने निर्णय गर्दै परिवर्तनकामी शक्तिहरूसँग एकता र सहकार्यका हात अगाडि बढाउनु र स्थानीय तहको निर्वाचनमा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालसँग सहकार्य गरेको नयाँ शक्ति पार्टी नेपालको केन्द्रीय परिषद् बैठकबाट विचार मिल्ने शक्तिहरूसँग सहकार्य गर्ने निर्णयले अवश्य पनि दूरी कम गरेको छ । तर, अहिलेकै अवस्थामा एकता भइहाल्ने परिस्थिति भने बनिसकेको छैन । 

वैकल्पिक राजनीतिको ध्रुवीकरणको क्रममा साझा पार्टी विवेकशील पार्टी एक भइसकेका छन् भने पछिल्लो समयमा परिवर्तनकामी शक्तिहरुको धुव्रीकरणको नाममा विभिन्न शक्तिहरु मओवादी केन्द्रमा समाहित हुने क्रम पनि जारी छ तर आजको विषय ‘वैकल्पिक शक्ति’ को बन्ने भन्ने मात्रै हो । अझै पनि माओवादी आन्दोलनका सहयात्रीहरूलाई वैकल्पिक शक्ति बन्ने अवसर छ तर सो पंक्ति यति धेरै आफैंप्रति निर्मम बन्नुपर्छ कि प्रचण्डले भन्ने गरेझैं आफैंलाई आगो सल्काउन तयार हुनुपर्छ । 


आज माओवादी आन्दोलन जुन परिस्थितिबाट गुज्रिरहेको छ, यसका पछाडि मुख्य नेतृत्व सम्हालेका प्रचण्डको मुख्य जवाफदेहीता त छ नै तर हिजोसम्म उनीसँगै रहेका मोहन वैद्य, डा.बाबुराम भट्टराईलगायतका नेताहरूको कमजोरीले पनि उत्तिकै काम गरेको छ । अझै पनि एकले अर्कोलाई हिलो छ्यापेर अघि बढेमा असफलता मात्रै प्राप्त हुने भएकाले माओवादी आन्दोलनका सहयात्रीहरूले हातेमालो गर्ने कुरामा अब ढिलो गर्नु हुँदैन । 


दोस्रो संविधानसभा र भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा कांग्रेस र एमाले जस्ता पुराना संसदवादी दलहरुको जित अब्बल पार्टी भएकाले होइन कि माओवादी बिग्रिएकाले भएको हो । माओवादीप्रतिको जनताको विश्वास टुट्दा त्यसको फाइदा कांग्रेस र एमालेले उठाएका हुन् । जनता परिवर्तनकामी र वैकल्पिक शक्तिहरूको खोजीमा छन् भन्ने कुरा त पहिलोचरणको स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिकामा साझा पार्टीका उम्मेदवार किशोर थापा र विवेकशील पार्टीका उम्मेदवार रन्जु दर्शनाले ल्याएको मतबाट पनि प्रष्टै हुन्छ । वैकल्पिक राजनीतिको ध्रुवीकरणको क्रममा साझा पार्टी विवेकशील पार्टी एक भइसकेका छन् भने पछिल्लो समयमा परिवर्तनकामी शक्तिहरुको धुव्रीकरणको नाममा विभिन्न शक्तिहरु मओवादी केन्द्रमा समाहित हुने क्रम पनि जारी छ तर आजको विषय ‘वैकल्पिक शक्ति’ को बन्ने भन्ने मात्रै हो । अझै पनि माओवादी आन्दोलनका सहयात्रीहरूलाई वैकल्पिक शक्ति बन्ने अवसर छ तर सो पंक्ति यति धेरै आफैंप्रति निर्मम बन्नुपर्छ कि प्रचण्डले भन्ने गरेझैं आफैंलाई आगो सल्काउन तयार हुनुपर्छ । 


जनयुद्ध लड्दा माओवादी एक्लैले सुरू गरेको थियो । तर विकास र संवृद्धिको लडाइँ लड्न माओवादी पंक्ति एक्लैले सम्भव छैन । यसका लागि त व्यापक जनसहभागिता आवश्यक पर्छ । व्यापक जनसहभागिता बढाउनका लागि माओवादी पंक्ति रूपान्तरण हुनुपर्छ । अबको विचार शसस्त्र संघर्ष गर्ने होइन कि समाजवादी समाज निमार्ण गर्ने हुनुपर्छ । जनयुद्धको तयारीका क्रममा जसरी तत्कालीन नेकपा एकता केन्द्र नाम परिवर्तन गरी नेकपा माओवादी बनाइयो अब सशस्त्र संघर्षको औचित्य समाप्तीपछि त्यही दर्शन, त्यही राजनीतिक विचारमा बनेको पार्टी नामलाई समयसापेक्ष परिवर्तन गर्नुपर्छ ।

यदि साँच्चै माओवादी पंक्तिले आफूहरू मिल्दै अन्य शक्तिहरूसँग सहकार्य गर्ने हो भने समाजवाद झल्कने खालको पार्टी नाम राख्दा डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति, मोहन वैद्य (किरण) नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम लगायतका शक्तिहरूसँग सहकार्य र एकता गर्न सजिलो हुन्छ । त्यसैगरी विचारअनुसारको संगठन परिचालनको लागि नेतृत्वको कुरा पनि स्वभाविकरूपमा आउँछ । यदि साच्चै माओवादी घटकहरूलाई नै वैकल्पिक राजनीतिक शक्तिका रूपमा रूपान्तरण गर्ने हो भने दोस्रोपुस्ताबाट नेतृत्व ल्याउन मूल नेतृत्व तयार हुनुपर्छ । हिजो पार्टी एकताको लागि नेतृत्व छोड्न तयार रहेको बारम्बार उद्घोष गर्ने प्रचण्ड, सेक्टर काण्ड पश्चात आपूm महामन्त्री पद छोडी प्रचण्डलाई नेतृत्वमा ल्याउने किरण र वैकल्पिक शक्ति निर्माणको लागि उपेन्द्र यादवलाई नेतृत्व दिएर आपूm सेरेमोनियल हुन तयार रहने डा. बाबुराम भटराईबाट साँच्चै त्याग गर्ने हो भने दोस्रोपुस्ताबाट सर्वसम्मत नेतृत्व ल्याउन खासै अप्ठ्यारो देखिँदैन । 


अबका दिनमा पार्टी संरचना निर्माण गर्दा आन्तरिक पार्टीमा पूर्ण लोकतन्त्रको अभ्यास गरिनुपर्छ । पार्टी एकता मात्रै होइन, आन्दोलनभित्र महान् रूपान्तरणको खाँचो छ । रूपान्तरणको ओठे रटान लगाएर मात्र हुँदैन, व्यवहारिकरूपमा त्यसको अभ्यास गर्ने हिम्मत गर्नुपर्छ । युद्धकालमा जसरी माओवादी पंक्ति जनताको घरदैलोमा पुगेर उनीहरूको हरेक दुःखसुखमा साथ दिने गथ्र्यो, त्यसले जनतामा माओवादीप्रति ठूलो विश्वास जगाएको थियो । के अब माओवादी पंक्ति त्यसो गर्न सक्छ ? युद्धका बेला माओवादीले सादा जीवन र कम्युनिष्ट आचरणलाई व्यवहारमा उतारेको थियो । तर, आज त्यो देख्न त परैजाओस्, विगतको घुमाइलो सम्झना बिर्सनामा परिणत भएको छ ।

आफ्नो वरपर सरसफाई, विकास निर्माणलगायतका कार्यहरूमा स्वयंसेवी ढंगले पार्टी कार्यकर्ताहरू खटिनु पर्दछ । स्थानीय तहको निर्वाचनमा पार्टीले विजय हासिल गरेको स्थानहरूमा विकास र संवृद्धिको नेतृत्व पार्टीले गर्ने र ती सबै स्थानीय तहहरूलाई नमूना स्थानीय तह बनाएर देखाउने एवं जित्न नसकेका स्थानमा जनप्रतिनिधिहरूसँग हातेमालो गरेर विकास निर्माण र संवृद्धिमा लाग्नुपर्छ ।

व्यापक जनसमुदायलाई समेटने गरी प्रत्येक गाउँ÷नगरपालिकास्तरमा पार्टीको अगुवाईमा उत्पादन केन्द्रहरु निर्माण गरी उत्पादनबाट कटेको पार्टी पंक्तिलाई उत्पादनमा जोड्नु पर्छ । पार्टी कामले व्यस्त हुनुपर्ने शीर्ष नेतृत्वबाहेकका अधिकतम नेता–कार्यकर्ताहरू (कम्तीमा पार्टी सदस्यसम्म) ले महिनामा दुई–तीन दिन श्रममा अनिवार्य सहभागी बन्नु पर्छ । आफ्नो वरपर सरसफाई, विकास निर्माणलगायतका कार्यहरूमा स्वयंसेवी ढंगले पार्टी कार्यकर्ताहरू खटिनु पर्दछ । स्थानीय तहको निर्वाचनमा पार्टीले विजय हासिल गरेको स्थानहरूमा विकास र संवृद्धिको नेतृत्व पार्टीले गर्ने र ती सबै स्थानीय तहहरूलाई नमूना स्थानीय तह बनाएर देखाउने एवं जित्न नसकेका स्थानमा जनप्रतिनिधिहरूसँग हातेमालो गरेर विकास निर्माण र संवृद्धिमा लाग्नुपर्छ । देशभरका हरेक गाउँ÷ नगरमा बजेट निर्माण, परिचालन र कार्यान्वयनमा पारदर्शिता अपनाई पार्टी पंक्तिले जनतालाई सुसूचित गर्नु पर्दछ, जसरी हिजो माओवादीले जनयुद्धकालमा गर्ने गरेको थियो । यस्तै कार्यहरूले नै माओवादी पंक्तिलाई जनताको मित्रशक्तिको रूपमा बदल्न सक्छ ।

माओवादी पंक्तिले फेरि एकपटक त्याग गर्ने बेला आएको छ । पार्टीका विजयी सभासद, स्थानिय तहमा निर्वाचित जनप्रतिनिधिले कम्तिमा एक महिनाको पारिश्रमिक छुट्याई माओवादी केन्द्रले निर्माण गरेको जस्तै शहिद बेपत्ता समाज र घाइते कोषमा रकम जम्मा गरी त्यसबाट शहिद परिवार, वेपत्ता परिवार एवं घाइते योद्धालाई सहयोग गर्नुपर्दछ । त्यसमा देशभरका नेता कार्यकर्ता एवम् सबै पार्टी सदस्यसम्मले कम्तिमा एक महिनाको लेवी योगदान गरी त्यो कोषलाई पारदर्शी ढंगले सञ्चालन गर्नुपर्दछ । देशको परिवर्तनका लागि जीवन बलिदान गर्ने महान् शहिदहरू, घाइते योद्धा र अपांगहरूको भावना बोकी उनीहरूका दुःखसुखमा मलहमपट्टी लगाउँदा पार्टी निर्माणको अभियानमा नयाँ रक्तसञ्चार हुन्छ ।

नेपालमा अब एकिकृत क्रान्तीको नाममा फेरि सशस्त्र संघर्ष गर्न नेपाली जनता तयार छैनन् । होइन भ्रष्टाचार, अविकास र कुशासनका विरूद्ध सुशासन र समृद्धीको शान्तिपूर्ण यात्रा गर्ने हो भने उसलाई स्वागत गर्न नेपाली जनता आतूर छन् । त्यसकारण २४० वर्षको राजतन्त्र नामेट गर्नसक्ने माओवादी आन्दोलनका सहयात्रीहरू फेरी एकपटक महान् त्याग, महान् रूपान्तरण र महान् एकताको बाटोबाट मात्रै अबको समाजवादी आन्दोलनको नेतृत्व गर्न सक्छन् अन्यथा भविष्यमा पछुताउनेभन्दा अरू केही प्राप्ति हुनेछैन ।


माओवादी पंक्तिले अबका दिनमा आप्mनो ठाउँबाट ठूलो त्याग गरेर देशमा रहेको गरिवी, भ्रष्टाचार र अविकासलाई प्रमुख दुस्मन किटान गरी विचार मिल्नेहरुको बीचमा पार्टी एकता र संभव नभएमा न्यूनतम कार्यक्रमका आधारमा कार्यगत एकता गर्दै संयुक्त मोर्चा निमार्ण गरेर भएपनि परिवर्तनकारी शक्तिलाई एकठाउँमा ल्याउनुको विकल्प छैन । अन्यथा माओवादी धाराका पार्टीहरू अहिलेकै अवस्थामा अगाडि आउने सम्भावना देखिँदैन ।  न त कांगे्रसको सहारामा माओवादी केन्द्रले आप्mनो अहिलेकै स्थान सुरक्षित गरेर आन्दोलनका उपलब्धि जोगिन्छन् न त संघीय समाजवादीका अध्यक्ष उपेन्द्र यादवलाई नेतृत्व दिएर नै पार्टी एकता गरेर वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्न सकिन्छ ।

दोस्रो संविधानसभा निर्वाचन बहिष्कार गरेको मोहन वैद्य किरण नेतृत्वको नेपाल क्रान्तिकारी कम्युनिष्ट पार्टीले पनि स्थानिय निर्वाचनमा सम्मानजनक उपस्थिति देखाउन सकेको छैन् । जहाँसम्म नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको सवाल छ । नेपालमा अब एकिकृत क्रान्तीको नाममा फेरि सशस्त्र संघर्ष गर्न नेपाली जनता तयार छैनन् । होइन भ्रष्टाचार, अविकास र कुशासनका विरूद्ध सुशासन र समृद्धीको शान्तिपूर्ण यात्रा गर्ने हो भने उसलाई स्वागत गर्न नेपाली जनता आतूर छन् । त्यसकारण २४० वर्षको राजतन्त्र नामेट गर्नसक्ने माओवादी आन्दोलनका सहयात्रीहरू फेरी एकपटक महान् त्याग, महान् रूपान्तरण र महान् एकताको बाटोबाट मात्रै अबको समाजवादी आन्दोलनको नेतृत्व गर्न सक्छन् अन्यथा भविष्यमा पछुताउनेभन्दा अरू केही प्राप्ति हुनेछैन । माओवादी आन्दोलनका सहयात्रीहरूलाई यस दिशामा अगाडि बढ्नको लागि शुभकामना् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गंगबहादुर पन्थी
गंगबहादुर पन्थी
लेखकबाट थप