इनारमा खसेकी ५४ वर्षीया महिलाको जिवितै उद्दार
बिहीबार, १० पुस २०७६, १७ : ३०
भक्तपुर । महानगरीय प्रहरी परिसर भक्तपुरले इनारमा खसेकी महिलाको जिवितै उद्दार गरेको छ ।
बिहीबार बिहान भक्तपुर नगरपालिका वडा नम्बर ९, नवदुर्गास्थान नजिकै दत्तात्रय पछाडि रहेको ३० फिट गहिरो इनारमा ५४ वर्षीया रत्नमाया मानन्धर अचानक खस्न पुगेकी थिइन् ।
घटनाको खबरलगत्तै प्रहरी परिसर भक्तपुर, विपद व्यवस्थापन भक्तपुर, भक्तपुर नगरपालिकाको दमकल र सशस्त्र प्रहरी बल नेपाल समेतको टोलीले उनको उद्दार गरेको हो ।
मानन्धरलाई बी. एण्ड बी. अस्पताल काठमाडौँमा उपचारको लागि लगेकोमा पछि पाटन अस्पताल रिफर गरिएको छ ।
उनको अवस्था सामान्य रहेको परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी कुमार विक्रम थपाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी डलरको भाउ स्थिर, अन्य कसको मूल्य कति ?
-
पाँच महिनामा ५५ गर्भवती र सुत्केरीको उद्धार
-
ला लिगामा बार्सिलोनालाई धक्का, सेल्टा भिगोले बराबरीमा रोक्यो
-
लुम्बिनीलाई मुक्तिनाथसँग जोड्यो कालीगण्डकी करिडोरले
-
दुर्गा प्रसाईंको बीएण्डसी मेडिकल कलेजमा एमबीबीएस पठनपाठनको तयारी
-
ब्राइटन, वुल्भ्स विजयी हुँदा एस्टन र क्रिस्टल, एभर्टन र ब्रेन्टफोर्डले अंक बाँडे