दिल्लीमा फेरि आगलागीः ४० जनाको जिवितै उद्धार
बिहीबार, १० पुस २०७६, १७ : २५

एजेन्सी । भारतको केन्द्रिय राजधानी दिल्लीमा फेरी अर्को आगलागीको घटना भएको छ । केहीदिनदेखि भइरहेका आगलागीका घटना मध्ये बिहीबार भएको पछिल्लो घटनामा परेका ४० जनालाई जिवितै उद्धार गरिएको छ ।
नयाँदिल्लीमा अवस्थित अग्नीनियन्त्रण विभागका उद्धारकर्ताहरुले कृष्णनगरमा रहेको एउटा भवनमा भएको आगलागीमा परेकाहरुलाई जिवितै उद्धार गरेका हुन् । बिहीबार राती करिब २ बजेतिर उक्त आगलागी भएको बताइएको छ ।
घटनालगत्तै उद्धारकर्ताहरु घटनास्थलमा पुगेकाले मानवीय क्षति भने नभएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् । –एएनआई/Photo: jagaran.com