काठमाडौँमा नेपाली र चिनियाँ कलाकारको मैत्रीकला प्रर्दशनी (तस्बिरहरु)

काठमाडौँ । काठमाण्डौमा नेपाली र चिनियाँ कलाकारको मैत्रीकला प्रर्दशनी सुरु भएको छ ।
बबरमहलस्थित नेपाल कला परिषद्मा बिहीबारदेखि सुरु भएको प्रर्दशनीमा नेपाली कलाकार तथा प्राज्ञ धर्मराज शाक्य र चीनका प्रख्यात कलाकार झेन झोन्गीका चित्रकला र मूर्तिकलाहरु राखिएको छ ।
नेपाल अन्तर्राष्ट्रिय प्रदर्शनी सङ्घले नेपाल–चीन दौत्य सम्बन्धको ६५ वर्ष पुगेको सन्दर्भमा दुई देशका कलाकारहरुको मैत्रीकला प्रदर्शनी गरेको हो । प्रर्दशनीको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरे ।
क्यानभासमा गणेशको चित्र कोरेर उपराष्ट्रपति पुनले मैत्रीकला प्रर्दशनीको उद्घाटन गरेका हुन् ।
औपचारिक उद्घाटनपछि उपराष्ट्रपति पुनले चित्रकला प्रर्दशनीको अवलोकन पनि गरेका थिए । प्रर्दशनीमा नेपाली कलाकार तथा प्राज्ञ धर्मराज शाक्यका २४ वटा गणेशको चित्रको साथै १० वटा नेपाली मूर्ति र चिनियाँ कलाकार झेन झोन्गी का ३० वटा श्यामश्वेल चित्र प्रदर्शनीमा राखिएको छ ।
प्रदर्शनीले दुई देशबीच प्राचीन कालदेखि कायम धार्मिक, सामाजिक, सांस्कृतिक तथा राजनीतिक सम्बन्धलाई अझ मजबुत बनाउन मद्दत पु¥याउनुका साथै चीन र नेपालबीचको मैत्री सम्बन्धलाई बलियो बनाउन सहयोग पुग्ने विश्वास आयोजकले लिएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै चिनियाँ कलाकार झेन झोन्गीले दुवै देश पुरानो सभ्यता र संस्कृतिको धनी भएकाले दुवैको सम्पदाको प्रयोग र कला तथा सिप आदान प्रदानमा प्रर्दशनीले महत्वपुर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
हपेई एकेडेमी अफ फाईन आर्टसका डिन समेत रहेका चित्रकार झोन्गीले नेपालमा आयोजित कला प्रदर्शनीमा सहभागी हुन पाउदा आफू अत्यन्तै खुसी भएको बताए ।
कार्यक्रममा क्रोधकला शिरोमणी वरिष्ठ मूर्तिकार कालु कुमाले, वरिष्ठ समाजसेवी अम्बिका श्रेष्ठ, चिनिया कलाकार झेन झोन्गी, वरिष्ठ चिनियाँ पत्रकार सु हाओ, लगायतलाई सम्मान गरिएको थियो । प्रर्दशनी ५ दिनसम्म चल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लहानमा अब अनलाइनबाट नागरिकता सिफारिस
-
६ अर्बभन्दा बढीको लागतमा बन्दै पाँचतारे होटल बन्दीपुर हिल
-
माओवादीको रेकर्डमा ९५० महिला सहिद, को हुन् पहिलो सहिद धनमाया ?
-
सुडानमा सैन्य विमान दुर्घटना, कम्तीमा १९ जनाको मृत्यु
-
सुनिताले मागेकी थिइन् गोविन्दासँग सम्बन्धविच्छेद ?
-
यही वर्ष सुरु हुने भयो रणवीर सिंहको डन–३