अत्यावश्यक क्षेत्रमा हड्ताल नगर्न उच्च अदालतको अन्तरिम आदेश

ललितपुर । उच्च अदालत पाटनले बैंकिङ् अत्यावश्यक क्षेत्र भएकाले कुनै पनि कार्यालयमा हड्तालजन्य कार्य नगर्न नगराउन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश टेकनारायण कुँवरको एकल इजालासले बुधबार कार्यालयको काममा कुनै पनि किसिमको हड्तालजन्य कार्य नगर्न अन्तरिम आदेश जारी गरेको हो । आदेशमा भनिएको छ, ‘बैंकिङ क्षेत्र अत्यावश्यक क्षेत्र हो, कुनै पनि कार्यालयमा कुनै किसिमको हड्तालजन्य कार्य नगर्नू नगराउनू तथा संस्थाका सम्पूर्ण कार्यालयको काममा कुनै पनि बाधा अवरोध नगर्नू, नगराउनू ।’
सर्वसाधारण नागरिकको सुविधासँग बैंकिङ सेवा सम्बन्धित रहेको हुँदा विसं २०७६ असोज २७ गते प्रकाशित राजपत्रानुसार यस्तो अतिआवश्यक सेवामा संलग्न कर्मचारीलाई हड्ताल गर्न निषेध गरेको र हड्ताल गर्ने कार्य अत्यावश्यक सेवा सञ्चालन ऐन, २०१४ विपरित भएको आदेशमा छ ।
नाडेप लघुवित्त वित्तीय संस्थाका तर्फबाट उपेन्द्रबहादुर कार्कीले कर्मचारी सङ्गठन नाडेप लघुवित्तीय संस्थाका विरुद्धमा उच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । अदालतले यही पुस १६ गते छलफलका लागि दुवै पक्षलाई बोलाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अष्ट्रेलियामा ‘मिसेस नेपाल अष्ट्रेलियामा’ हुने
-
सरकार र शिक्षकहरूबिच सहमति, मन्त्रिपरिषद् बैठकपछि निर्णय सार्वजनिक गरिने
-
संस्थागत विद्यालय शिक्षक युनियनका अध्यक्ष र शिक्षा समिति सभापतिबीच चर्काचर्की
-
देशको नीति कार्यक्रममा कर्णालीले खोजेका बुँदा
-
बुटवलमा श्रमिकलाई नगदसहित सम्मान
-
यथार्थ धरातलमा टेकेर प्रदेशले बजेट ल्याउँछ : मुख्यमन्त्री आचार्य