बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रिय पुननिर्माण प्राधिकरणको दावी : ८६ प्रतिशत उपलब्धी

बिहीबार, १० पुस २०७६, १५ : ४६
बिहीबार, १० पुस २०७६

काठमाडौ । राष्ट्रिय पुननिर्माण प्राधिकरणले पुननिर्माणमा ८३ प्रतिशत उपलब्धी हासिल गरेको जनाएको छ । 

प्राधिकरणले आफ्नो स्थापनाको चार वर्ष पुरा भई पाँच वर्ष प्रवेश गरेको अवसरमा बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी भूकम्पबाट सबैभन्दा बढी क्षति पुगेको ६ वटा क्षेत्रमा ८३ प्रतिशत उपलब्धी हासिल भएको जनाएको हो । 

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले ८३ प्रतिशत उपलब्धी मध्ये ६९ प्रतिशत सम्पन्न भइसकेको र १४ प्रतिशत पुननिर्माणको क्रममा रहेको बताए । 

उनले निजी आवास पुननिर्माणमा ८६ प्रतिशत प्रगति भएको बताए । उनले ७ लाख ८० हजार १ सय ६५ निजी आवासको पुननिर्माण गर्नुपर्नेमा अहिलेसम्म ४ लाख ८२ हजार ३ सय २३ घरको पुननिर्माण सम्पन्न भइसकेको जानकारी पनि दिए ।  १ लाख ८९ हजार ४१ वटा घर बन्दै गरेको प्राधिकरणको भनाइृ छ । 

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले ७ हजार ५ सय ५३ विद्यालयमध्ये ५ हजार ३ सय ८० विद्यालयको पुननिर्माण भइसकेको र १ हजार ७ सय ८७ विद्यालयको काम भइरहेको जनाएका छन् । त्यस्तै ८ सय ९१ सम्पदामध्ये ३ सय ८७ को पुननिर्माण सम्पन्न भएको र १ सय २३ सम्पादाको काम भइरहेको छ । 

‘एक हजार १ सय ९७ स्वास्थ्य संस्था मध्ये ६ सय ६५ को पुननिर्माण सम्पन्न भएको र १ सय ४९ वटा बन्दै गरेका छन् । त्यस्तै ४ सय १५ सरकारी भवन मध्ये ३ सय ५९ को सम्पन्न भएको तथा ४९ वटाको काम भइरहेको छ । पुननिर्माणमा अहिले सम्म ३ खर्ब ३५ अर्ब रुपैयाँ खर्च भएको र त्यसमा सरकार र दातृ निकायबाट २ खर्ब ९३ अर्ब रुपैयाँ र गैरसरकारी संस्थामार्फत ४२ अर्ब रुपैयाँ खर्च भएको छ’, ज्ञवालीको भनाई छ ।

उनले पुननिर्माणका बाँकी काम सम्पन्न गर्न अझै ३ अर्ब रुपैयाँ लाग्ने र यसै आर्थिक वर्षमा ३४ अर्ब रुपैयाँ खर्च हुने बताए । 

त्यस्तै असुरक्षित स्थानमा रहेका ४ हजार २ सय ४ घरपरिवार र ८ हजार ७ सय ४४ भूमिहिनहरुलाई जग्गा खरिद तथा व्यवस्थापनको व्यवस्था मिलाएको उहाँले बताए । 

 ७ सय ६२ किलोमिटर सडक निर्माण गर्नुपर्नेमा ४ सय ४३ किलोमिटर सडकको पुननिर्माण सम्पन्न भएको र ७ सय ९१ खानेपानी योजनाहरु मध्ये ६ सय ७० वटा योजनाहरु कार्यान्वयनमा भएको ज्ञवालीको भनाई छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप