जलवायु परिवर्तन रोक्न विश्वसमुदाय एक हुनुपर्छ : प्रचण्ड
बिहीबार, १० पुस २०७६, १३ : २७

चितवन । चितवनको सौराहामा अन्तरदेशीय भू–परिधि संरक्षण कार्यक्रम शुरु भएको छ । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज बिहान सो कार्यक्रमको उद्घाटन गरे ।
अध्यक्ष दाहालले संरक्षणमा लाग्न सबैलाई आह्वान गर्दै आफू पनि वातावरण संरक्षणको विद्यार्थी भएकोले संरक्षणका क्षेत्रमा अघि बढ्न प्रतिबद्ध रहेको बताए । अध्यक्ष दाहालले विश्वमा बढ्दै गएको जलवायु परिवर्तनलाई रोक्न विश्वसमुदाय एक हुनुपर्नेमा जोड दिए ।
अन्तरराष्ट्रिय संस्था आइसीआइएमओडीको आयोजनामा शुरु भएको कार्यक्रम दुई दिनसम्म चल्नेछ । कार्यक्रममा हिमालय क्षेत्रका आठ देशका ५५ भूपरिधि संरक्षण विज्ञ सहभागी भएका हुन् । कार्यक्रममा नेपालमा संरक्षण क्षेत्रमा भएको प्रगति र विश्वमा भइरहेका गतिविधिका बारेमा छलफल हुने आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार स्रष्टालाई पारिजात सम्मान
-
यमनको इन्धन बन्दरगाहमा अमेरिकी आक्रमण : मृत्यु हुनेको सङ्ख्या ७४ पुग्यो
-
समाजवादी ट्रेड युनियन महासंघको महाधिवेशन हुँदै
-
दाङमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु
-
सीके राउतको गेम : श्रीमानविरुद्ध उजुरी, श्रीमतीलाई कुर्सी
-
माल्टामा क्यासियर काम गर्दै आएका सरुनलाई अन्तर्राष्ट्रिय बडीबिल्डिङ प्रतियोगितामा उत्कृष्ट सफलता