बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

क्रिसमसको दिन फिलिपिन्समा आँधी आउँदा १६ को मृत्यु, १० हजारलाई सुरक्षित स्थानमा सारियो

बिहीबार, १० पुस २०७६, १३ : ०२
बिहीबार, १० पुस २०७६

फिलिपिन्समा क्रिसमसको दिन आँधी फानफोन आउँदा १६ जनाको मृत्यु भएको छ । करिब १० हजार व्यक्तिलाई सुरक्षित स्थानमा सारिएको छ । अधिकारीले बिहिबार दिएको जानकारी अनुसार यसले थुप्रै धनमालको क्षती गरेको छ । आँधीका बेला हावाको गती १९५ किलोमिटर प्रतिघण्टा रह्यो जसका कारण थुप्रै घरको छत उड्यो । देशभरी बिजुली आपूर्ती बन्द भएको छ । थुप्रै क्षेत्रमा मोबाइल र इन्टरनेट पनि प्रभावित भएको छ ।

न्यूज एजेन्सीका अनुसार कालिबो शहरको एयरपोर्टमा फसेका एक कोरियाली पर्यटक जुंग ब्युंग जूनले बोराके जाने सबै उडान रद्द भएको जानकारी दिए । एयरपोर्ट पूर्ण रुपमा क्षतीग्रस्त भएको छ । अधिकारीले स्थितीलाई सामान्य गर्न जुटेका छन् । बोराके, करनसमेत विभिन्न पर्यटकीय स्थलमाथि क्षती भएको बताइएको छ ।

‘फानफोन’ आँधी हैयाभन्दा कम शक्तिशालीः

एक पर्यटकका अनुसार कालिबो शहरमा ट्याक्सी चलिरहेको छ तर हावाको गती अझै पनि तीब्र छ । अझै पनि वर्षा भइरहेको छ । त्यसकारण कोही पनि एयरपोर्टबाट जान नचाहेको ती पर्यटकले बताए । यद्यपि, फानफून आँधी सन् २०१३ मा आएको हैयान आँधीभन्दा कम विनाशकारी हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप