गोकर्ण रिर्सोट लिज सम्झौताबाट देशलाई घाटा नहुने मन्त्री पोखरेलको दावी

काठमाडौँ । नेपाल ट्रष्टका अध्यक्ष समेत रहेका रक्षामन्त्री ईश्वर पोखरेलले गोकर्ण फरेस्ट रिसोर्ट थप ३० वर्ष लिजमा दिँदा देशलाई घाटा नहुने दावी गरेका छन् ।
बिहीबार बसेको राष्ट्रिय सभा बैठकमा सांसदहरुले नियम विपरित कौडीको भाउमा गोकर्ण निकुञ्जको म्याद थपेको भन्दै गरेको प्रश्नको जवाफमा मन्त्री पोखरेलले प्रचलित ऐनभित्र रहेर नै लिजमा दिइएको दावी गरेका हुन् ।
मन्त्री पोखरेलले २०६४ सालको नेपाल ट्रष्ट ऐन २०७५ मा संशोधन २०७६ असोजमा नियमावली संशोधन गरिएको बताउँदै सोही बमोजिम लिज अवधि थप गरिएको बताए ।
उनले भने, ‘२०७६ बैशाख १० गते एलएम सुवीर ब्रदर्श नेपाल प्रालिको तर्फबाट थप नयाँ संरचना स्थापना तथा ३० वर्ष लिज अवधि थप गर्न निवेदन दिइयो । २०७६ जेठ २४ मा ट्रष्टको ४५ औँ बोर्ड बैठकबाट ट्रष्टकै सहसचिवको नेतृत्वमा निवेदन उपर प्रतिवेदन दिन ३ सदस्यीय समिति बनाइयो । सो समितिले दिएको प्रतिवेदनका आधारमा ट्रष्टको बैठकले सो निवेदनलाई अघि बढाउन उचीत ठानेर सरकारलाई सिफारिस ग-यो ।’
उनले कौडीको भाउमा लिजमा दिएको कुराको अस्वीकार गर्दै नेपाल चार्डड एकाउन्टेन्टलाई फेयर बजार मूल्य निर्धारण गर्न लगाएर भाडा निर्धारण गरेको प्रष्टोक्ति दिए ।
उनले पर्यटन बोर्ड, होटल एशोसियसन र गोकर्णेश्वर नगरपालिकासँग राय माग्दा उनीहरुले भाडादर उचित हुने जवाफ दिएको उल्लेख गरे ।
२०५२ सालमा साउन ३१ गते गोकर्ण होटल व्यवसाय प्रयोजनका लागि ४ हजार रोपनी मध्ये २७ सय ९२ रोपनी ३० बर्षका ५० हजार डलरमा सम्झौता भएको उल्लेख गरे । अहिले म्याद सकिन साढे ५ बर्ष अवधि बाँकी रहँदै लिज सम्झौता साढे ५ वर्ष अवधिको पनि नयाँ भाडादर अनुसार ३७ लाख डलर अर्थात ४ करोड ३१ लाख ८३ हजार २०० रुपैयाँ भाडा आउने जानकारी गराए ।
मन्त्री पोखरेलले बाँकी २५ बर्षको वापत १ अर्ब १५ करोड १० लाख २ हजार ११७ रुपैयाँ नेपाल ट्रष्टले भाडा पाउने उल्लेख गरे ।
साथै २९ करोडमा थप ४८ वटा सुविधासम्पन्न कोठा र ४ सय क्षमताको सभाहल बनाउन अनुमति दिइएको पनि उनले बताउदै आउने २५ बर्षमा व्यवसायिक करबाट सरकारले ३ खर्ब हाराहारी पाउने दावी गरे ।
नेपाल ट्रष्टको ऐन २०७५ मा ट्रष्टको सम्पति राष्ट्रहीतका लागि स्वास्थ्य, शिक्षा, व्यवसायका लागि ट्रष्टको सिफारिसमा सरकारले लिजमा दिन सक्ने व्यवस्था अनुसार नै दिएकोले नियमसंगत रहेको मन्त्री पोखरेलले दावी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : कक्षा १२ को परीक्षा रोकियो, शिक्षकपछि कर्मचारीको आन्दोलन
-
सोलुखुम्बुमा जलवायुसम्बन्धी सम्मेलन सम्पन्न
-
नेपाल आए मेटाका प्रतिनिधि, होला सामाजिक सञ्जाल दर्ता ?
-
आईपीएल : दिल्लीले कमब्याक गर्दा १ सय ५९ रनमा रोकियो लखनउ
-
प्रमुख प्रशासकीय अधिकृत मेहतालाई विराटनगर महानगरमा हाजिर गर्न नदिइने
-
निसानको ३ दिने ‘प्रि-मनसुन नेसनवाइड सर्भिस क्याम्प’ देशभरका १६ वटा चेकपोइन्टहरूमा सुरू