चोरेको ‘वाकीटकी’ बोकेर रत्नपार्कमा ‘प्रहरी हुँ’ भन्दै धम्क्याउँदै हिँडेपछि फन्दामा
काठमाडौं रत्नपार्कबाट चोरेको ‘वाकीटकी’ बोकेर रत्नपार्कमा ‘प्रहरी हुँ’ भन्दै धम्क्याउँदै हिँड्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
अपराधिक व्यक्तिहरुको सूचना सङ्कलन गरी निगरानी राख्ने क्रममा सिन्धुपाल्चोकका कुमार श्रेष्ठलाई महानगरीय अपराध महाशाखाले पुस ८ गते पक्राउ गरेको हो ।
महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाका अनुसार श्रेष्ठलाई पक्राउ गरी खानतलासी गर्न खोज्दा प्रहरीलाई नै दुव्र्यवहार गरी उनी भाग्न खोजेका थिए ।
सिन्धुपाल्चोक घर भएका ३० वर्षीय श्रेष्ठको साथबाट प्रहरीले एक थान ह्याण्डसेट (वाकीटकी) बरामद गरेको थापाले बताए ।
अनुसन्धानका क्रममा उनले दुई महिनाअघि नेपाल राजधानी सेक्युरिटी गार्ड जावलाखेलमा सुरक्षा गार्ड भएका बेला प्रयोग गरेको सेट लिएर भागेको खुल्न आएको छ ।
पछिल्लो समय श्रेष्ठ काठमाडौं रत्नपार्क सडकमा चिया पसल गर्दै आएका थिए । श्रेष्ठले पूर्वमाओवादी जनमुक्ति सेनामा सात वर्ष काम गरेको प्रहरी अनुसन्धानमा खुल्न आएको छ ।
यद्यपि, चितवनस्थित आईसीसीएल हाइड्रो पावर स्टोरमा चार वर्ष सेक्युरिटी गार्डमा काम गरेका श्रेष्ठले उक्त वाकीटकी सेट त्यहीँबाट ल्याएको प्रहरीसमक्ष बयान दिएका छन् ।
उनलाई अभद्र व्यवहार कसुरअन्तर्गत थप अनुसन्धानका लागि बुधबार महानगरीय प्रहरी परिसर काठमाडौँमा बुझाइएको महाशाखाले जनाएको छ ।
सोही दिन महाशाखाले रामेछाप मन्थली घर भएका ३४ वर्षीय रोशन बर्देवालाई कटुवा पेस्तोलसहित पक्राउ गरेको छ । बर्देवा भगौडा सैनिक रहेको खुल्न आएको छ ।
बर्देवाले गलबन्दीमा राखि कम्मरमा लुकाएर राखेको अवस्थामा पेस्तोल बरामद गरिएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसदीय समितिलाई बन्दी बनाउनु हुँदैन : जनार्दन शर्मा
-
आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत
-
गत वर्षको तुलनामा बढ्यो चिया निर्यात
-
ट्रम्प दोस्रो पटक अमेरिकी राष्ट्रपति बनेमा के भन्छन् जेलेन्स्की ?
-
स्टक एक्सचेन्जमा ठुलो बार्गेनिङ भएको छ : अर्जुननरसिंह केसी
-
टर्कीमा होटलमा आगो लाग्दा १० को मृत्यु, ३२ जना घाइते