कालापानी क्षेत्र जोड्ने बाटो सर्भे गरिँदै
बिहीबार, १० पुस २०७६, ०८ : ०८
१
नेपाल सरकारले व्यास गाउँपालिका–१, छाङरुबाट वडा २ दुम्लिङ जोड्ने घोरेटो बाटो पुननिर्माण गरी सञ्चालनमा ल्याउने निर्णय गरेपछि स्थानीय पूर्वाधार विभागको प्राविधिक टोलीले सर्भेको काम थालेको छ ।
बाटोको निर्माणका लागि स्थलगत अध्ययन तथा सर्भे गर्न स्थानीय पूर्वाधार विभागका सिनियर डिभिजनल इञ्जिनियर महेश्वर घिमिरेको नेतृत्वमा प्राविधिक टोली मंगलबार दार्चुला पुगेर कार्य क्षेत्रमा आइसकेको टोलीमा सहभागी इञ्जिनियर जनकराज पन्तले बताए ।
मङ्सिर २३ गते बसेको मन्त्रिपरिषद् बैठकले छाङरुबाट दुम्लिङसम्मको घोरेटो बाटो निर्माण गरी सञ्चालनमा ल्याउने निर्णय गरेर आवश्यक बजेकटको व्यवस्थापन गरिसकेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
मुख्यमन्त्री कँडेललाई कांग्रेसले विश्वासको मत नदिने
-
इतिहासलाई फर्केर हेर्दा, तस्बिरहरू
-
विश्वासको मत माग्दै कर्णालीका मुख्यमन्त्रीले भने– प्रश्न नआउनेगरी काम गर्नेछु
-
उपनिर्वाचनमा प्रहरीले देख्यो सम्भावित १२ खतरा
-
यी परिस्थिति उत्पन्न भएमा प्रहरीले उपनिर्वाचनमा बल प्रयोग गर्ने
-
अमिताभले सुरु गरे केबीसी–१६ को सुटिङ