गायक रामकृष्ण ढकालले भने–हाम्रो सम्बन्ध कहिल्यै मर्दैन !

काठमाडौँ । गायक रामकृष्ण ढकालले श्रीमती निलम शाह ढकालसँग सम्बन्धबिच्छेद भएको कुरा अस्वीकार गरेका छन् । उनले भन्नेहरुले जे भनेपनि आफूहरुको सम्बन्ध कहिल्यै नमर्ने सामाजिक सञ्जालमार्फत बताएका छन् ।
उनले सामाजिक सञ्जालमा बुधबार लेखेका छन्, ‘अरुले के भन्छन्,त्यसमा कुनै सरोकार छैन, हाम्रो सम्बन्ध कहिल्यै मर्दैन ।’
ढकालले रातोपाटीलाई समेत प्रतिक्रिया दिँदै आफ्नो निलमसँग सम्बन्धबिच्छेद भएको झूट भएको दावी गरेका छन् ।
तर जिल्ला अदालत काठमाडौको आदेशबाट भने उनलेको सम्बन्ध बिच्छेद भएको प्रष्ट हुन्छ ।
जिल्ला अदालत काठमाडौँका न्यायाधीश विदूर कोइरालाको इजलाशले उनको सम्बन्धविच्छेद भएको उल्लेख छ । निलमले सम्पत्ति नलिइ सम्बन्धबिच्छेदमा सहमति जनाएको र छोरी भने दुबैको संरक्षणमा हुर्कने बताइएको छ ।
कतिपयले अदालतको आदेश एकातिर र ढकालको अभिव्यक्ति अर्कोतिर हुनुलाई अर्थपूर्ण रुपमा लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : शिक्षकलाई विद्यालय फर्कन सरकारको आह्वानदेखि संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिससम्म
-
मकालु हिमाल आरोहण गर्ने कान्छी आरोहि शेर्पा सम्मानित
-
मन्त्रिपरिषद्को आह्वानपछि शिक्षक महासंघले के भन्यो ?
-
शिक्षकहरुलाई विद्यालय फर्कन सरकारको आह्वान
-
वैशाख १२ गते संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस
-
मोटरसाइकलको ठक्करबाट ६० वर्षीय पुष्प दासको मृत्यु, ३० वर्षीय दुरेन पक्राउ