मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

पर्यटन वर्ष सफल पार्न युवा क्रियाशील हुनु पर्नेछ : अध्यक्ष प्रचण्ड

बुधबार, ०९ पुस २०७६, २१ : २१
बुधबार, ०९ पुस २०७६

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न देशका युवा वर्ग क्रियाशील हुनुपर्ने बताएका छन् । 

चितवनको रत्ननगरमा आजदेखि शुरु भएको नेपाल जेसिजको ४६औँ महाधिवेशनको उद्घाटन गर्दैै अध्यक्ष प्रचण्डले पर्यटन वर्षको पूर्वसन्ध्यामा पर्यटकीय नगरी सौराहाको प्रवेशद्वारमा महाधिवेशन गर्नु आफैँमा महत्वपूर्ण भएको उल्लेख गरे । 

उनले नेपाल भ्रमण वर्ष सफल बनाउन सातवटै प्रदेशबाट एकसाथ शुभारम्भ गर्ने कार्यक्रम रहेको बताए । अध्यक्ष प्रचण्डले देशमा ठूलो त्याग र तपस्यापछि नयाँ राजनीतिक व्यवस्था आएकाले यसलाई संस्थागत गर्न युवालाई एक भएर अघि बढ्न आग्रह गरे ।

समृद्ध नेपाल निर्माण गर्ने जिम्मा युवालाई भएकाले देशको आर्थिक विकासमा युवाको भूमिका अतुलनीय रहेको उनको भनाइ छ ।

उनले भने, ‘‘हामी अस्ताउँदा सूर्य हौँ, तपाई युवा उदाउँदो सूर्य हो । देशको अगामी नेतृत्व गर्ने जिम्मा तपाईहरुकै काँधमा छ । जेसिजले त्यस किसिमको युवा नेतृत्वको विकास गरिरहेको छ ।”

नेपाल सरकारले नेपाल भम्रण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । जनवरी १ देखि शुरु हुने भ्रमण वर्षको स्वागतका लागि तेस्रो पर्यटकीय नगरी सौराहाले तयारी अन्तिम चरणमा पु¥याएको छ । 

आजबाट शुरु भएको जेसिजको ४६औँ महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न हुनेछ । महाधिवेशनमा नेपालभरका दुई हजार ५०० भन्दा बढीको उपस्थिति रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप