बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

बैंकको १८ करोड हिनामिना प्रकरण : धरौटिमा छुट्ने सञ्चालक र खातावालविरुद्ध सरकारी वकिल सर्वोच्च जाने

बुधबार, ०९ पुस २०७६, २० : ५५
बुधबार, ०९ पुस २०७६

दाङ । तत्कालीन वेष्टर्न डेभलमेन्ट बैँक नारायणपुर शाखाबाट १८ करोड रुपैयाँ हिनामिना भएको मुद्दामा थुनामा राखेर कारवाही गर्नुपर्नेमा धरौटिमा छाडेको भन्दै सरकारी वकिल कार्यालय सर्वोच्चमा निवेदन गर्ने भएको छ ।

सरकारी वकिल कार्यालय घोराहीका प्रमुख सुशिल देवकोटाले थुनामा राखेर कारवाही गर्नुपर्नेमा उच्च अदालतले दिएको धरौटिमा छाड्ने आदेश विरुद्ध सर्वोच्चमा निवेदन गर्ने भएको जानकारी दिए । 

सरकारी वकिल कार्यालयले बैँक सञ्चाल, सिइओसहीत कैद र जरीवाना दुवै माग गर्दै उच्च अदालतमा मुद्धा दायर गरेको थियो । 

तर उच्च अदालतले बैँक सञ्चालक र खातावाललाई धरौटिमा छाडेपछि उच्च अदालतको आदेश विरुद्ध सर्वोच्चमा जाने र त्यस अनुसार प्रकृया सुरु भइसकेको देवकोटाले बताए । 

बैँक हिनामिना मुद्धामा थुनामा राख्नुपर्ने बैँक सञ्चालक र खातावालाहरुलाई धरौटिमा छाडेपछि सरकारी वकिल कार्यालयले थुनामा राखेर कारवाही गर्नुपर्ने भन्दै उच्च अदालतको आदेश विरुद्ध सर्वोच्चमा निवेदन गर्ने भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप