शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ताप्लेजुङको फुङलिङमा सन्राइज बैंकको शाखा विस्तार

बुधबार, ०९ पुस २०७६, १९ : ४१
बुधबार, ०९ पुस २०७६

ताप्लेजुङ । सन्राइज बैंकले बुधबारबाट ताप्लेजुङस्थित फुङलिङमा आफ्नो १२९ औं शाखा संचालनमा ल्याएको छ । बुधबार आयोजित उद्घाटन समारोहमा फुङलिङ नगरपालिकाका मेयर क्षेत्रपटी प्याकुरेल र प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले संयुक्त रmपमा शाखा कार्यालयको उद्घाटन गरेका थिए ।

उतm कार्यक्रममा बैंकका अन्य पदाधिकारीहरmको पनि उपस्थिति रहेको थियो । सोही कार्यक्रममा क्षेत्रपटी प्याकुरेलले बैंकिङ्ग प्रणालीमा सबैको पहुँच पु¥याउनुका निमित्त बैंकिङ्ग प्रक्रियालाई सरल र सहज बनाउन आवश्यक रहेको बताए । 

साथै प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले कृषि क्षेत्रलाई बैंकले सधै प्राथमिकतामा राख्दै आएको र आर्थिक विकासलाई अझै प्रभावकारी बनाउन आगामी दिनमा पनि यस क्षेत्रमा अभैm बढी लगानी गर्नुपर्ने आवश्यता रहेकोे बताए ।

हालसम्म सन््राइज बैंकले १२९ वटा शाखा, ४० वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १४९ वटा एटिएम मार्फत आफ्ना ६ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । 

साथै बैंकले  आफ्ना सेवा विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानमा पनि थप शाखा, शाखारहित बैंकिङ्ग, एक्सटेन्सन काउण्टर र  एटिएम संचालन गर्ने योजना रहेको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप