शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

एनआरटीको रोमाञ्चक जित

बुधबार, ०९ पुस २०७६, १९ : १२
बुधबार, ०९ पुस २०७६

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा एनआरटीले रोमाञ्चक जित निकालेको छ । दशरथ रंगशालामा बुधबार भएको खेलमा १० खेलाडीमा समेटिएको एनआरटीले च्यासल युवा क्लबलाई २–१ गोलले हरायो ।

एनआरटीलाई जितमा जुनियर निकेनगुए र दर्शन गुरुङले गोल गरे । च्यासलका अमिर श्रेष्ठले खेलको अन्तिममा सान्त्वना गोल फर्काए । जुनियरले २४औं मिनेटमा सुरुवाती गोल गरेका थिए । दर्शनले ८५ औं मिनेटमा उत्कृष्ट गोल गर्दै एनआरटीको अग्रदा दोब्बर बनाए ।

यसअघि ७२ औं मिनेटमा एनआरटी १० खेलाडीमा समेटिएको थियो । एनआरटीका विदेशी खेलाडी जोर्डन दोहोरो पहेँलो(रातो) कार्ड पाउँदै बाहिरिएका थिए । खेलमा लगातार गोलको मौका बनाएको च्यासलले दोस्रो हाफको इन्जुरी समयमा सान्त्वना गोल फर्काएको थियो ।

टोलीका प्रभावशाली खेलाडी सन्तोष साहुखलले यस खेलमा एक सय गोलको आँकडा पूरा गर्ने चाहना अधुरै रह्यो । एनआरटीको जितमा निर्णायक गोल गरेका दर्शन म्यान अफ दी म्याच भए । उनले १० हजार रुपैयाँ पुस्कार पाए । जितसँगै एनआरटीले तीन खेलबाट चार अंक बनाएको छ ।

अघिल्लो सिजन अन्तिममा परेका कारण एजनआरटीको दुई अंक घटेको छ । च्यासलको पनि चार अंक छ । एनआरटीले लिगको पहिलो खेलमा सरस्वती युथ क्लबलाई ४–० गोलले हराएको थियो । एनआरटीले दोस्रो खेलमा संकटासँग १–० गोलको हार बेहोरेको थियो । च्यासलले पहिलो खेलमा संकटालाई २–० गोलले हराएको थियो । दोस्रो खेलमा भने मच्छिन्द्रसँग बराबरी खेल्दै अंक बाँडेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप