शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

भूकम्पपछिको पुनर्निर्माण प्रभाव

बुधबार, ०९ पुस २०७६, १८ : ३४
बुधबार, ०९ पुस २०७६

काठमाडौं । भूकम्पपछिको पुनर्निर्माणले मात्रै नेपालमा साढे २५ करोड कार्यदिन बराबरको रोजगारी सिर्जना भएको एक अध्ययनले देखाएको छ ।

आर्थिक पत्रकार समाज (सेजन) ले बुधबार सार्जजनिक गरेको प्रारम्भिक अध्ययन प्रतिवेदनले आर्थिक वर्ष २०७६÷०७७ मा १४ लाख २० हजार मानिसले रोजगारी पाएको देखाएको हो । 

सेजनको प्रतिवेदन अनुसार अहिलेपनि साढे ५ लाख जनशक्ति आवास पूर्ननिर्माणको काममा संलग्न रहेको देखाएको छ । यसले १० करोड कार्यदिन बराबरको रोजगारी सिर्जना भएको प्रतिवेदनमा उल्लेख छ ।

कूल जनसंख्याको १४ प्रतिशत र कूल पुरुष जनसंख्याको २० प्रतिशत जनशक्ति अहिलेपनि पुनर्निर्माणको क्षेत्रमा कार्यरत छन् । 

प्रतिवेदन अनुसार भूकम्पले क्षति पु¥याएका ६१ प्रतिशत निजी घरको पुनर्निर्माण सम्पन्न भएको छ । सरकारी भवन र विद्यालयतर्फ ७० प्रतिशत काम सकिएको छ । 

प्रतिवेदनले स्वास्थ्य संस्था, सुरक्षा निकाय भवनहरु र सांस्कृतिक सम्पदाहरुको पुनर्निर्माणमा ध्यान दिन सुझाव दिएको छ । राष्ट्रिय पूर्ननिर्माण प्राधिकरणका प्रबन्ध निर्देशक सुशिल ज्ञवालीले अहिलेको कार्यरत जनशक्तिलाई भोली कसरी व्यवस्थापन गर्ने भन्ने चुनौती थपिएको बताए । 

सेजनको अध्ययन प्रतिवेदनले भूकम्पपछिको पुनर्निर्माणले नेपालको कुल ग्रहस्थ उत्पादनको वृद्धिदर औषतमा ४ दशमलव ५ प्रतिशत योगदान दिएको देखाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप