शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पोखरामा संस्कृति जोगाउन कला प्रदर्शनी, तस्बिरमा हेरौं

बुधबार, ०९ पुस २०७६, १८ : ११
बुधबार, ०९ पुस २०७६

पोखरा । मुस्ताङमा ऐतिहासिक महत्वका गुम्बाहरु थुप्रो छन् । तिनका इतिहास सयौं वर्ष पुराना छन् । यदि, प्राकृतिक विपत्ति आइहाल्यो ! प्राचीन महत्वका ती गुम्बा ढलिहाले के गर्ने ?   लोमान्थाङ १ छोसेरका छिरिङ फोन्जो गुरुङलाई यहि चिन्ताले पिरोलिरहन्थ्यो । छिरिङले ऐतिहासिक महत्वका सम्पदाहरु कसरी बचाउँन सकिन्छ ? विचार गरिरहन्थे । ‘सयौं वर्ष पुराना मठ मन्दिर, गुम्बाहरु छन् । ती सबै डिस्ट्रोय भएर गए भने के गर्ने ?’ छिरिङले चिन्ता प्रकट गरे ।

१७ वर्षदेखि कला क्षेत्रमा सक्रिय छिरिङ राम्रो थाङ्का चित्रकार हुन् । छिरिङ आफ्नो चित्रको माध्यमबाट इतिहास जोगाउन लागिपरेका छन् । छिरिङको बुधबारदेखि पोखरामा ३ दिने एकल चित्रकला प्रदर्शनी सुरु भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले चित्रकला प्रदर्शनीको उद्घाटन गरेका छन् । 

आफ्नो चित्र हेरेर मन्दिर गुम्बाहरु भत्किए पनि पुनः निर्माण गर्न सहयोग मिलोस् भनेर चित्रकला प्रदर्शनी आयोजना गरेको उनले सुनाए । छिरिङले यसअघि काठमाडौं र मुस्ताङमा पनि चित्रकला प्रदर्शनी गरिसकेका छन् । 
संस्कृति जोगाउनको लागि आफूले चित्रकला प्रदर्शनी गर्दै आएको उनी बताउँछन् । ‘जति पनि हाम्रा मठ मन्दिरहरु छन् । यो सब १०, १२ वर्षपछि डिस्ट्रोय हुन्छ,’ उनले भने, ‘कसैले रिनुभेसन गर्यो भने फोटोग्राफ त चाहियो । नत्र त रिकन्सट्रक्सन गर्न गाह्रो हुन्छ । त्यसैले पनि मुस्ताङका मठ मन्दिर गुम्बाका चित्र बनाएर प्रदर्शन गर्दै आइरहेको छु ।’ अर्को मुस्ताङको कला र संस्कृति बाहिरफेर पनि पुगोस् भन्ने चित्रकला प्रदर्शनीको दोस्रो उद्देश्य रहेको उनी सुनाउँछन् ।

सानैदेखि कला क्षेत्रमा रुचि राख्ने छिरिङ पढाईमा भने अब्बल नरहेको उनी स्वय. स्वीकार्छन् । ५ कक्षासम्मको शिक्षा हाँसिल गरि सकेपछि पढाई छाडेर उनी यो क्षेत्रसँग आबद्ध भएका थिए ।  गुरु थाक्पा ल्हाक्पासँग चित्र बनाउन सिकेका छिरिङका चित्रहरु विदेशमा पनि बिक्री हुने गरेका छन् । ४ वर्षसम्म वैदेशिक रोजगारीका क्रममा कोरिया पुगेका छिरिङ चित्रकलामै सन्तुष्टि पाउने गरेको बताउँछन् । हाल उनको चित्रको मूल्य ६ हजारदेखि ५० हजारसम्मका छन् । 

चित्रकला प्रदर्शनीका लागि उनका ४६ चित्रहरु राखिएका छन् । छिरिङ एक््रmेलिक, ओइल र मिक्स मिडियामा थाङ्का चित्र बनाउँछन् । कला क्षेत्रसँग सधै जोडिई रहने बताउने छिरिङले चित्रकला प्रदर्शनीबाट संस्कृतिको प्रबद्र्धन हुने विश्वास लिएका छन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप