शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

क–कसले बनाएको थियो भारतमा मोडललाई बलि चढाउने योजना ? (नामसहित)

बुधबार, ०९ पुस २०७६, १८ : ००
बुधबार, ०९ पुस २०७६

काठमाडौँ । झापाकी २० वर्षीया (नाम परिवर्तन) एन्जिलालाई नेपाल–भारतको बोर्डरमा लगेर बलि दिने योजना बनाएका सात जनालाई प्रहरीले पक्राउ गरेको छ । पाँच जनालाई विराटनगराट र दुई जनालाई काठमाडौँबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

पक्राउ पर्नेहरुमा दिल कुमारी बुढामगर, उमेश कुमार माझी, दिलिप पोद्दार, कृष्ण तामाङ, उमेश साह र रन्जित चौधरी रहेका छन् भने एकजनाको नाम खुलाइएको छैन् । प्रहरीका अनुसार ६ जना नै सुनसरी र मोरङ जिल्लाका हुन् । 

पक्राउ परेकामध्ये २ जना महिला र ५ जना पुरुष रहेका छन् । 

एन्जिलालाई शंका लागेर सुरुमै प्रहरीको सहयोग लिएकाले उनीहरुको बलि दिने योजना असफल भएको प्रहरीको दाबी छ ।  प्रहरीले अनुसन्धानकै क्रममा रहेकाले यसबारेमा बिहीबार पत्रकार सम्मेलन गरेर जानकारी गराउने तयारी गरेको छ ।  

रक्सी–मासु नखाएको, महिनावारी नभएको र पूजा गर्नुपर्ने भनेपछि उक्त समूहले एन्जिलालाई कुल देवताको नाममा बलि दिन लैजान लागेको हुनसक्ने प्रहरीको अनुमान छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप