शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

चर्चित गायक रामकृष्ण ढकालको ‘डिभोर्स’

बुधबार, ०९ पुस २०७६, १७ : २३
बुधबार, ०९ पुस २०७६

चर्चित गायक रामकृष्ण ढकालको सम्बन्धबिच्छेद भएको छ । जिल्ला अदालत काठमाडौँमा ढकालको सम्बन्धबिच्छेदको मिलापत्र भएको हो । 

ढकालपत्नी निलम शाह ढकालले मंगलबार अदालतमा छोडपत्रका लागि निवेदन दिएकोमा बुधबार न्यायाधीश विदुर कोइरालाको इजलासमा सम्बन्धविच्छेदमा सहमति भएको हो । 

जिल्ला अदालत काडमाडौँका स्रेस्तेदार आनन्द श्रेष्ठले ढकाल र निलमले सम्बन्धबिच्छेदका लागि मञ्जुर भएको बताए । 

अदालतका अनुसार निलमले अंश नलिने गरी मिलापत्र भएको हो भने रामकृष्ण र निलमको एक छोरी रानीको रेखदेख भने दुबैले मिलेर गर्नेछन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप