शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सडक तताउन सरकारले नै बाटो खोलिदियो : बाबुराम भट्टराई

बुधबार, ०९ पुस २०७६, १५ : ५२
बुधबार, ०९ पुस २०७६

काठमाडौं । समाजावादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले आफुले संविधान संशोधनको मुद्धा सुरुबाट नै उठाएको बताएका छन् । पार्टीले गरेको पत्रकार सम्मेलनमा डा.भट्टराईले आफु पूर्व माओवादीमा हुँदा देखि नै संविधान संशोधनको पक्षमा रहेको बताएका हुन् । पहिचानमा आधारित संघियता, शासकीय स्वरुप, नागरिकताको विषय, महिलाहरुको विभेदका विषयहरु पार्टी मुद्धा भएको उनले बताए ।

‘संशोधनका लागि सरकारमा भएको समयमा सडकमा गएर दबाव दिन नमिल्ने अवस्थामा संसद र छलफलबाट कुरा अगाडी बढाउनुपर्छ भन्ने थियो अब उहाँहरुले नै बाटो खोल्नुभएको छ । अब सडकमा जान्छौँ’, उनले भने ।

प्रधानमन्त्री एवम् पार्टी अध्यक्षले संविधान संशोधन गर्नुपर्छ भनेर हस्ताक्षर गर्ने तर सरकारका प्रवक्ताले संविधानको प्रश्नलाई कसैको सपना पुरा हुँदैन भन्दै जानु उपयुक्त नभएको उनले बताए । ‘जसले जे सपना देख्छ पुरा हुँदैन भनेर सरकारको प्रवक्ताले भन्छ । संविधान संशोधन कसैको सपना हो ? संविधान संशोधन गर्नुपर्छ भनेर पार्टी अध्यक्षले हस्ताक्षर गर्ने अहिले संविधानको प्रश्न भनेको सपना हो भन्न मिल्छ’, उनले भने ।

सरकार निरंकुशतातर्फ जाँदै गरेको आरोप पनि भट्टराईले लगाए । सरकारले ल्याएका केही मानव अधिकार विधेयक र सञ्चार विधेयक, व्यक्तिका नीजि गोपनियतालाई समेत उल्लंघन गर्ने गरि गुप्तचर परिचलन गरी अधिकार दिनुले पनि सरकार निरंकुशतातर्फ गएको उनले बताए । सरकारी सम्पत्ति र राजदरबारबाट खोसेको सम्पत्ति कौडीको मूल्यमा दिएर सरकारले राष्ट्रघात गरेके उनको आरोप छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप