बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सप्तरीको वीरेन्द्र बजारमा सवारी दुर्घटना, २ जनाको मृत्यु

बुधबार, ०९ पुस २०७६, १५ : २०
बुधबार, ०९ पुस २०७६

सिरहा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको वीरेन्द्र बजारमा स्कोरपियो र मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । सो दुर्घटनामा परी मोटरसाइकल चालक सप्तरीको राजगढ गाउँपालिका–६ बस्ने ३५ वर्षीय राकेशकुमार यादवको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए ।

यस्तै मोटरसाइकलको पछाडि सवार सोही गाउँपालिका बस्ने ३५ वर्षको प्रभात यादवको राजविराजस्थित गजेन्द्रनारायण अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको प्रहरी उपरीक्षक भारतीले जानकारी दिए । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको च१च १३८१ नंको स्कोरपियोले विपरित दिशाबाट आउँदै गरेको यादव सवार स१०प ८२५ नं को मोटरसाइकललाई ठक्कर दिएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप