केन्द्रीय संस्करण

फ्रेन्ड्समाथि मच्छिन्द्रको सहज जित

person explore access_timeपुस ९, २०७६ chat_bubble_outline0

काठमाडौं । मच्छिन्द्र क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा सहज जित निकालेको छ । दशरथ रंगशालामा बुधबार भएको खेलमा मच्छिन्द्रले फ्रेन्ड्स क्लबलाई ३–० गोलले हरायो ।

राष्ट्रिय टोलीका स्टार खेलाडीको साथ पाएको मच्छिन्द्रले पहिलो हाफमा एक र दोस्रो हाफमा दुई गोल गरेको थियो । मच्छिन्द्रका लागि अफ्रिकी खेलाडी पिटर सेगुनले २८औं मिनेटमा सुरुवाती गोल गरे । डिबक्स भित्र फ्रेन्ड्सका रक्षकको गल्तीमा पिटरले हडमार्फत गोल गरेका थिए । दोस्रो हाफमा पनि उत्कृष्ट खेल खेलेको मच्छिन्द्रका लागि ५२औं मिनेटमा अर्का विदेशी खेलाडी एडिलाजा सोमिडेले गोल गरे ।  एडिलाजाले कप्तान विराज महर्जनको पासमा गोल गरेका थिए । रेजिन सुब्बाले ८५औं मिनेटमा तेस्रो गोल गर्दै टोलीलाई मच्छिन्द्रलाई सजिलै जिताए ।

यसपटक मच्छिन्द्रले मनाङका राम्रा खेलाडीलाई आफ्नो टोलीमा अनुबन्ध गरी लिग जित्ने लक्ष्य राखेको छ । यसैगरी ब्राजिलका प्रशिक्षक र तीनजना ब्राजिलकै खेलाडी टोलीमा राखेको फ्रेन्ड्सले भने सोचेजस्तो खेल खेल्न सकेको छैन ।

पहिलो हाफमा एउटा राम्रो मौका बनाएको फ्रेन्ड्सको प्रयासमा मछिन्द्रका गोलरक्षक विशाल श्रेष्ठ बाधक बनेका थिए । मच्छिन्द्रले खेलको अन्तिमसम्म फ्रेन्ड्सको पोस्टमा आक्रमण जारी राखेको थियो । लिगमा मच्छिन्द्रको यो दोस्रो जित हो । जितसँगै तीन खेलबाट ६ अंक बनाएको मच्छिन्द्र शीर्ष स्थानमा उक्लिएको छ । दुई खेलबाट ६ नै अंक बनाएको मनाङ गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ ।

अघिल्लो लिगका १३औं स्थानमा रहेका कारण यसपटक मच्छिन्द्रको एक अंक घटाईएको छ । पहिलो खेलमा ब्रिगेड ब्वाईजलाई हराएको मच्छिन्द्रले दोस्रो खेलमा च्यासलसँग बराबरी खेल्दै अंक बाँडेको थियो । लगातार तेस्रो हार खेपेको फ्रेन्ड्सले अंकको खाता खोल्न सकेको छैन ।

 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.