सरकारलाई दिएको समर्थन फिर्ता लिने समाजवादी पार्टीको निर्णय

काठमाडौ । समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । बैठकलगत्तै पत्रकार सम्मेलनको आयोजना गरी सो पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेको हो ।
बुधबार बसेको सो पार्टीको कार्यकारिणी बैठकले ओली नेतृत्वको सरकालाई दिएको समर्थन फिर्ता लिँदै संसदमा प्रतिपक्षीको भूमिकामा रहने निर्णय गरेको पत्रकार सम्मेलनमा जारी विज्ञप्तिमा जनाइएको छ ।
अध्यक्ष उपेन्द्र यादवद्वारा जारी विज्ञप्तिमा संविधानको धारा ७६ को उपधारा २ अनुसार गठन भएको प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरिएको छ ।
विज्ञप्तिमा सरकारले २०७५ जेठ १४ गते तत्कालीन संघीय समाजवादी फोरम, नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच भएको २ बुँदे सहमतिबाट सरकार पछि हटेको र एकतर्फी रुपमा तोडेको आरोप समेत लगाइएको छ । सरकारले सहमति उल्लंघन गरेको आरोप लगाउँदै सो पार्टी पुस ८ गते सरकारबाट बर्हिगर्मन भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन दिन वर्षा हुने, बाली अहिले नकाट्न सुझाव
-
गर्मीमा बढ्यो खरबुजाको माग
-
कक्षा १२ को परीक्षा एक हप्ता पछि गर्दा आकाश खस्दैन : अध्यक्ष सुवेदी
-
प्रदूषण नियन्त्रणका लागि अनुगमन बढाइने
-
राजतन्त्र ब्युँताउनु दिवास्वप्न : उपेन्द्र यादव
-
गभर्नर नियुक्तिमा कांग्रेस र एमालेको हानथाप : छनोट समिति र अर्थ मन्त्रालय निरीह