सरकारलाई दिएको समर्थन फिर्ता लिने समाजवादी पार्टीको निर्णय
काठमाडौ । समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । बैठकलगत्तै पत्रकार सम्मेलनको आयोजना गरी सो पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेको हो ।
बुधबार बसेको सो पार्टीको कार्यकारिणी बैठकले ओली नेतृत्वको सरकालाई दिएको समर्थन फिर्ता लिँदै संसदमा प्रतिपक्षीको भूमिकामा रहने निर्णय गरेको पत्रकार सम्मेलनमा जारी विज्ञप्तिमा जनाइएको छ ।
अध्यक्ष उपेन्द्र यादवद्वारा जारी विज्ञप्तिमा संविधानको धारा ७६ को उपधारा २ अनुसार गठन भएको प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरिएको छ ।
विज्ञप्तिमा सरकारले २०७५ जेठ १४ गते तत्कालीन संघीय समाजवादी फोरम, नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच भएको २ बुँदे सहमतिबाट सरकार पछि हटेको र एकतर्फी रुपमा तोडेको आरोप समेत लगाइएको छ । सरकारले सहमति उल्लंघन गरेको आरोप लगाउँदै सो पार्टी पुस ८ गते सरकारबाट बर्हिगर्मन भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण