शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

होटल हायात रिजेन्सीले सजायो ‘क्रिसमस ट्री’

बुधबार, ०९ पुस २०७६, १४ : १६
बुधबार, ०९ पुस २०७६

काठमाडौंमा क्रिसमसको फिभर सुरु भइरहेका बेला राजधानीस्थित होटल हायात रिजेन्सीले क्रिसमसलाई औपचारिक रुपमा भित्र्याइसकेको छ ।

आइतबार आयोजित एक कार्यक्रममा हायातको लबीमा निकै आकर्षक क्रिसमस रुख  र जिन्जरब्रेड हाउस बनाएर राखिएको थियो । 

उक्त रुखलाई विभिन्न बत्तीले सजाइएको थियो भने रुखमुनी उपहारका विभिन्न बाकसहरु राखिएका थिए । रुखसँगै एउटा साइकल पनि सज्जाको रुपमा प्रयोग गरिएको थियो । 

हायातले पछिल्लो चार वर्षदेखि क्रिसमसलाई लक्षित गर्दै क्रिसमस ट्री बनाएर लबीमा राख्ने गरेको छ । यसले आगन्तुकलाई आकर्षित गर्ने होटलको विश्वास रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप