शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

शीतलहर र जाडोका कारण जनजीवन कष्टकर बन्दै

बुधबार, ०९ पुस २०७६, १३ : ४२
बुधबार, ०९ पुस २०७६

धनगढी । सुदूरपश्चिम प्रदेशमा शीतलहर र जाडोका कारण जनजीवन कष्टकर बन्दै गएको छ । शीतलहर र जाडोका कारण तराई क्षेत्रको कैलाली  कञ्चनपुर जिल्ला सगै पहाडी जिल्ला हरुमा  समेत  जनजीवन कस्टकर बनेको हो ।
 जाडोसँगै तराई र पहाडी जिल्लाका अस्पतालहरुमा विरामीको संख्या पनि बढ्न थालेको सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

जाडो र शीतलहर बढेसँगै दैनिक १ सय २० जनाको संख्याका विरामीहरु सेती अञ्चल अस्पतालमा उपचार गर्न आइरहेको सेती अञ्चल अस्पताल इमर्जेन्सी विभाग प्रमुख डा. जगदिश जोशीले जानकारी दिए ।
उनले निमोनिया,रुघाखोकी,श्वासप्रश्वास,ब्लडप्रेसरका विरामीहरुको संख्या ह्वात्तै बढ्न थालेको बताए । 

जाडो र शीतलहरबाट बच्नका लागि झोलिलो कुरा खाने,मर्निङ वाक जाँदा मोटो कपडा लगाएर जाने र न्यानो लुगा लगाएर घर भित्रै बस्न उपयुक्त हुने डा. जोशीको भनाइ छ ।

 तराई र पहाडका विभिन्न स्थानहरुमा शीतलहर र जाडो छेक्न नागरिकहरुले आगो ताप्ने गरेका छन् ।

धनगढी उपमहानगरपालिका वडा नं. १३ का स्थानीय विनोद पन्तले दुईदिन यता शीतलहरसँगै जाडो बढेका कारण काम छोडेर आगो ताप्ने गरेको बताए ।

 धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृप बहादुर वडले विभिन्न वडाहरुमा कम्मलहरु वितरण गर्ने कार्य जारी राखेको बताए । उनले रेडक्रस संग समन्वय गरेर चिसोको बेला नागरिकलाई सुरक्षित राख्नका लागि पहल भइरहेको बताए ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप