सिंहले क्रिसमसमा के उपहार पायो ? (फोटोफिचर)
संसारका विभिन्न स्थानमा रहेका चिडियाखानामा जनावर र पंक्षी केही दिनदेखि निकै रमाइरहेका छन् ।
कतिले क्रिसमसको उपहार पाउनुभएको छैन होला तर उनीहरुले हरेक दिन उपहार पाइरहेका छन् । उपहारमा उनीहरुलाई मनपर्ने खाना राखिएका हुन्छन् जसलाई निकै सुन्दर तरिकाले सजाएर उनीहरुको अगाडि राखिन्छन् ।
... र त्यसपछि सुरु हुन्छ उपहार खोल्ने काम । कसैले तुरुन्तै खोल्छन् भने कतिलाई त्यो खोल्न समय लाग्छ । तर उनीहरुलाई हेर्दा यस्तो लाग्छ कि उपहार खोल्दा उनीहरुलाई पनि त्यति नै मजा आउँछन् जति हामीलाई ।
यहाँ फ्रान्स, जर्मनी, कोलम्बिया र न्यूजिल्याण्डका चिडियाखानाका केही तस्बिर सार्वजनिक गरिएको छ ।
यो तस्बिर न्यूजिल्याण्डको ओराना वाइल्ड लाइफ पार्कको हो । क्राइस्ट चर्चमा रहेको यो वाइल्ड लाइफ पार्कमा बस्ने यो सुगाका लागि क्रिसमसको उपहार राखिएको छ । जसलाई उसले यसरी खोलेको छ ।
ओरानामा आफूलाई मनपर्ने खानेकुरा पाएर यो गोरिल्लाले यसरी तस्बिर खिचाएको छ ।
यो तस्बिर पनि ओरानाकै हो । तपाईंले चितुवालाई आफ्नो शिकारको पछाडि तीब्र गतिमा दौडिरहेको मात्रै देख्नुभएको होला । यसअघि कहिले चितुवाले उपहार खोलिरहेको देख्नुभएको थियो ?
यो तस्बिर उत्तर पश्चिम फ्रान्सको ले मेन्स नजिकैको जू डे पेशहेरेमा खिचिएको हो । यो तस्बिरमा स्क्वारल मंकीलाई आफ्नो उपहार खोलिरहेको देख्न सकिन्छ ।
यो तस्बिर उत्तरी जर्मनीको हेम्बर्गको तिएरपार्क हेगेनब्याक चिडियाखानाको हो ।
हात्तीका लागि फलफूल र ड्राइ फ्रुटलाई गिफ्ट प्याकमा यसरी सजाएर पेश गरियो ।
कोलम्बियाको केली चिडियाघरमा क्यान्डीको मज्जा लिइरहेको बबून ।
कालो ज्यागुअरका लागि केही विशेष तरिकाले उपहार राखियो ।
जंगलको राजाको शैली
सान्टा क्लजलाई नियालिरहेको एउटा सानो बाँदर
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धरानमा ‘प्रदेश प्रिमियर लिग’ फुटबल प्रतियोगिता हुने
-
काम ठप्प पारेर कर्णालीका स्थानीय तहका कर्मचारी आन्दोलन गर्न वीरेन्द्रनगरमा
-
कामपाले सामुदायिक विद्यालयलाई स्मार्ट बोर्ड उपलब्ध गराउने
-
गाउँदा गाउँदै स्टेजमै भक्कानिएकी एलिनालाई ऋचा शर्माको ढाडस
-
दातृ निकायको सहयोगका आयोजनामा पनि हालत खराब, एमसीसीको सबैभन्दा कमजोर प्रगति
-
महिलाको डिम्बासयबाट १८.६ किलोको ट्यूमर निकालियो