क्रिसमस इभ मनाउन रिसोर्ट गएका एकै परिवारको डुबेर मृत्यु
बुधबार, ०९ पुस २०७६, १० : १६

स्पेनको कोस्टा डेल सोल रिसोर्टमा बिदा बनाउन गएका एकै परिवारका तीनजना सदस्यको डुबेर मृत्यु भएको छ ।
रिसोर्टका मालिकले एक वक्तव्य जारी गर्दै क्लब ला कोस्टा वर्ल्डको स्विमिङ पुलमा उनीहरुलाई क्रिसमसको पूर्व सन्ध्यामा डुबेको अवस्थामा भेटिएको जानकारी दिए ।
जानकारीका अनुसार बेलायतकी ९ वर्षीया बालिकालाई पानीभित्र समस्या हुँदा उनका दाइ र बुवाले बचाउन खोजेका थिए ।
स्पेनमा रहेकी बेलायती महिलालाई फरेन अफिसले सहयोग गरिरहेको जानकारीमा उल्लेख छ ।
बुवा र छोरी दुबै बेलायती थिए भने दाइ भने अमेरिकन भएको बुझिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशमा तीन मौसमी प्रणाली सक्रिय : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
गणेशजीको बार आज कुन राशिलाई कस्तो फल ?
-
इटालियन सिरी’एमा एसी मिलान विजयी
-
प्रिमियर लिगमा ३५ औं चरणका खेल पुरा, क्रिष्टल र नटिङघमले अंक बाँडे
-
घट्यो अमेरिकी डलरको मूल्य, अन्य विदेशी मुद्राको दरभाउ कति ?
-
राष्ट्रिय विभूति सीताको उत्पत्ति दिवस मनाइँदै