चिसो मौसममा तरुल खानु किन फाइदाजनक मानिन्छ ? थाहा पाउनुस् यसका चार फाइदा
तरुल चिसो मौसममा नै फल्ने गर्छ र यो स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । तरुल गर्मी प्रदान गर्ने तरकारी भएकाले यसलाई चिसो मौसमका लागि निकै उत्कृष्ट खानेकुरा मानिन्छ । चिसो मौसममा तरुल खानुका फाइदाबारे जानकारी लिऔं ।
फाइबरयुक्तः
तरुल फाइबर अर्थात् रेशाले भरिपूर्ण हुन्छ त्यसकारण यो पेटका लागि निकै फाइदाजनक मानिन्छ । फाइबरयुक्त खानेकुराको सेवनले आन्द्राको फोहोर सफा हुन्छ जसका कारण खाना राम्रोसँग पच्छ । त्यसकारण तरुल खाँदा तपाईंको पाचनक्रियासँग सम्बन्धित सबै समस्या समाप्त हुन्छ जस्तै कब्जियत, अपच, ग्यास अदि । तरुल खाँदा तपाईंको पेट राम्रोसँग सफा हुन्छ ।
अत्यधिक पोषक तत्वः
तरुलमा अत्यधिक पोषक तत्व हुन्छ भन्ने बारे धेरै थोरैलाई मात्र थाहा छ । तरुलमा क्याल्सियम, आइरन, कपर, म्याग्नेज, फस्फरोस आदि तत्व प्रचुर मात्रामा पाइन्छ । यी तत्वले तपाईंलाई स्वस्थ राख्न र शरीरलाई विभिन्न प्रकारको रोगबाट बचाउन सहयोगी भूमिका निर्वाह गर्ने गर्छ ।
शरीरको रोग प्रतिरोधी क्षमता वृद्धि गर्छः
तरुलमा भिटामिन सीको मात्रा अत्यधिक हुन्छ त्यसकारण यसले रोग प्रतिरोधी क्षमता बढाउँछ । यसबाहेक क्याल्सियम भएका कारण यो हड्डी र दाँतका लागि पनि फाइदाजनक हुन्छ । यसको सेवनले शरीरमा ह्वाइट ब्लड सेल्स बढाउँछ त्यसकारण चोट र घाउलाई पनि चाँडै निको बनाउन सहयोग गर्छ ।
दिमागका लागि पनि फाइदाजनकः
तरुल विभिन्न प्रकारको एन्टिअक्सिडेन्टले भरिपूर्ण हुन्छ जसले तपाईंको दिमाग र शरीरलाई विभिन्न प्रकारको रोगबाट बचाउँछ । एन्टिअक्सिडेन्ट त्यो तत्व हो जसले शरीरमा अक्सिडेशनको प्रक्रियालाई ढिलो गर्छ जसका कारण तपाईं लामो समयसम्म जवान हुनुहुन्छ र क्यान्सर, ट्युमर, मुटुजन्य रोगबाट बच्न सक्नुहुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुल्लु दरबार पुनर्निर्माणमा बेवास्ता गरिएपछि उच्च अदालतमा रिट दायर
-
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा सहभागी भएनन् पूर्णबहादुर र गगन
-
भ्यानले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु
-
सरकारले भन्यो, ‘फास्ट ट्र्याकबाट विद्यालय शिक्षा विधेयक ल्याउँछौँ, शिक्षकहरु काममा फर्कनुस्’
-
कालिगण्डकी डाइभर्सनबारे सर्वोच्च अदालतले के भन्यो ? (पूर्णपाठ)
-
विवाह बन्धनमा बाँधिँदै पूर्वमिस नेपाल अश्मी