शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

चिसो मौसममा तरुल खानु किन फाइदाजनक मानिन्छ ? थाहा पाउनुस् यसका चार फाइदा

बुधबार, ०९ पुस २०७६, ०८ : ५७
बुधबार, ०९ पुस २०७६

तरुल चिसो मौसममा नै फल्ने गर्छ र यो स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । तरुल गर्मी प्रदान गर्ने तरकारी भएकाले यसलाई चिसो मौसमका लागि निकै उत्कृष्ट खानेकुरा मानिन्छ । चिसो मौसममा तरुल खानुका फाइदाबारे जानकारी लिऔं ।

फाइबरयुक्तः

तरुल फाइबर अर्थात् रेशाले भरिपूर्ण हुन्छ त्यसकारण यो पेटका लागि निकै फाइदाजनक मानिन्छ । फाइबरयुक्त खानेकुराको सेवनले आन्द्राको फोहोर सफा हुन्छ जसका कारण खाना राम्रोसँग पच्छ । त्यसकारण तरुल खाँदा तपाईंको पाचनक्रियासँग सम्बन्धित सबै समस्या समाप्त हुन्छ जस्तै कब्जियत, अपच, ग्यास अदि । तरुल खाँदा तपाईंको पेट राम्रोसँग सफा हुन्छ ।

अत्यधिक पोषक तत्वः

तरुलमा अत्यधिक पोषक तत्व हुन्छ भन्ने बारे धेरै थोरैलाई मात्र थाहा छ । तरुलमा क्याल्सियम, आइरन, कपर, म्याग्नेज, फस्फरोस आदि तत्व प्रचुर मात्रामा पाइन्छ । यी तत्वले तपाईंलाई स्वस्थ राख्न र शरीरलाई विभिन्न प्रकारको रोगबाट बचाउन सहयोगी भूमिका निर्वाह गर्ने गर्छ ।

शरीरको रोग प्रतिरोधी क्षमता वृद्धि गर्छः

तरुलमा भिटामिन सीको मात्रा अत्यधिक हुन्छ त्यसकारण यसले रोग प्रतिरोधी क्षमता बढाउँछ । यसबाहेक क्याल्सियम भएका कारण यो हड्डी र दाँतका लागि पनि फाइदाजनक हुन्छ । यसको सेवनले शरीरमा ह्वाइट ब्लड सेल्स बढाउँछ  त्यसकारण चोट र घाउलाई पनि चाँडै निको बनाउन सहयोग गर्छ ।

दिमागका लागि पनि फाइदाजनकः

तरुल विभिन्न प्रकारको एन्टिअक्सिडेन्टले भरिपूर्ण हुन्छ जसले तपाईंको दिमाग र शरीरलाई विभिन्न प्रकारको रोगबाट बचाउँछ । एन्टिअक्सिडेन्ट त्यो तत्व हो जसले शरीरमा अक्सिडेशनको प्रक्रियालाई ढिलो गर्छ जसका कारण तपाईं लामो समयसम्म जवान हुनुहुन्छ र क्यान्सर, ट्युमर, मुटुजन्य रोगबाट बच्न सक्नुहुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप