शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ख्रीष्टमस दिवसः नेपाली इसाईहरुले हर्षोल्लासका साथ मनाउँदै

बुधबार, ०९ पुस २०७६, ०७ : ५८
बुधबार, ०९ पुस २०७६

आज इसाई धर्मावलम्बी ख्रीष्टमस दिवस मनाउँदैछन् । प्रभु येशुको जन्मोत्सव (ख्रीष्टमस) को उपलक्ष्यमा यो पर्व मनाइँन्छ । 

यो पर्व हरेक वर्ष डिसेम्बर महिनाको २५ तारिखका दिन विश्वभरी नै मनाउने प्रचलन रहीआएको छ । आजकै दिन २०१९ वर्षअघि प्रशु येशुको इजरायलको वेथलेहममा पिता स्वर्गदूत र माता मरियमका गर्भबाट जन्म भएको भन्ने विश्वास गरिन्छ । 

राष्ट्रिय ख्रीष्टियन महासङ्घ नेपालका अध्यक्ष सिबी गहतराजका अनुसार हरेक वर्ष जस्तै यो वर्ष पनि नेपाली इसाईहरुले पनि येशुको जन्मोत्सब विभिन्न कार्यक्रम गरी मनाउँदैछन् । 
 
येशुको जन्मोत्सवको उपलक्ष्यमा क्रिश्चियन धर्मावलम्बीले प्रभु येशुले समस्त नेपालीको कल्याण गरून् भन्ने कामनासहित देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गर्ने जनाइएको छ ।

गहतराजका अनुसार नेपालमा अहिलेसम्म १२ हजार ५०० चर्च र ३० लाख भन्दा बढी क्रिश्चियन धर्मावलम्बी रहेका छन् । 
  
हर्षोल्लासका साथ साताव्यापीरूपमा विश्वभर मनाइने ख्रीष्टमसको अवसरमा सम्पूर्ण नेपालीमा  प्रेम, शान्ति, एकता, भाइचारा, सुख एवं समृद्धिका लागि प्रार्थना गरेको महासंङ्घका अध्यक्ष गहतराजले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप