शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कैलालीमा विप्लवका दुई कार्यकर्ता पक्राउ

मङ्गलबार, ०८ पुस २०७६, २२ : ३६
मङ्गलबार, ०८ पुस २०७६

कैलाली । कैलाली जिल्लाको घोडाघोडी नगरपालिका क्षेत्रबाट नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका दुई कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उक्त समूहको नेकपा दलित मुक्ति मोर्चाका एरिया संयोजक टीबी लामिछाने भनिने टेकबहादुर विक रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दक्षकुमार बस्नेतले बताए ।

विकसँगै पक्राउ परेका सोही ठाउँका दिनेश विकको उक्त समूहमा संलग्न भए नभएको बारेमा खुल्न बाँकी रहेको बस्नेतले बताए । स्थानीय सामुदायिक वनमा नियमानुसार दाउरा काटिरहेका उपभोक्तालाई धम्की दिएको सूचना पाएपछि गएको प्रहरी टोलीले उनीहरुलाई सोमबार पक्राउ गरेको हो । टेकबहादुर, राज्यविरुद्ध सङ्गठित अपराध र राजद्रोहविरुद्धको मुद्दा गरी दुई मुद्दाका अभियुक्त रहेको जनाइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप