बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

‘क्रिसमस इभ’ को रमझम, २० तस्बिरमा हेर्नुहोस्

मङ्गलबार, ०८ पुस २०७६, २२ : ३९
मङ्गलबार, ०८ पुस २०७६

काठमाडौँ । क्रिश्चियन धर्मका संस्थापक येशू ख्रीस्टको जन्म जयन्तीका अवसरमा बुधबार देशभरका चर्चमा प्रार्थना लगायत कार्यक्रम गरी ‘क्रिसमस डे’ मनाइँदै छ । 

प्रत्येक वर्ष डिसेम्बर २५ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । यस अवसरमा उपत्यकाका ठमेल, दरबारमार्ग, बौद्ध, भक्तपुर, ललितपुर लगायत निकै रमझम हुने गर्छ । 

दिवस मनाइएका स्थलमा येशूको शिक्षा एवं उपदेशको चर्चा गरिनुका साथै प्रेम प्रकट गर्दै उपहार आदानप्रदान गर्ने, शान्ति, सद्भाव, समृद्धि र सु–स्वास्थ्यको कामना गरिन्छ । येशू ख्रीष्टको शुभ जन्म दिनको खुसीयालीमा हरेक वर्ष डिसेम्बर २५ का दिन संसारभर विशेष महत्वका साथ यो दिवस मनाइन्छ ।

नेपालमा क्रिश्चियन इतिहास ४०० वर्ष भन्दा पुरानो रहेको विश्वास गरिन्छ । हाल देशभर १२ हजारभन्दा बढी चर्च र ३० लाख भन्दा बढी क्रिश्चियन समुदाय रहेको बताइन् । 

क्रिसमस डेको अघिल्लो भने दिन क्रिसमस इभको रुपमा मनाइने गरिन्छ । यस अवसरमा उपत्यकाका ठमेल, दरबारमार्ग, बौद्ध, भक्तपुर, ललितपुर लगायत भिडभाड देख्न सकिन्छ । 
क्रिसमस इभका तस्बिरहरु हेर्नुहोस्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप