शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बुटवलमा जग्गाको तथ्याङ्क संकलनको काम शुरु

मङ्गलबार, ०८ पुस २०७६, १८ : ३२
मङ्गलबार, ०८ पुस २०७६

बुटवल । बुटवल उपमहानगरपालिकामा अव्यवस्थित बसोबास व्यवस्थापन तथा सुकुम्बासी जग्गाको तथ्याङ्क संकलनको काम थालिएको छ । बुटवलमा १६ हजारभन्दा धेरै  सुकुम्बासीहरु रहेको आँकलन गरेपनि नगरपालिको भने आधिकारी तथ्याँक नराख्दा लामो समयदेखी आलोचित बन्दै आएको थियो । जग्गाको तथ्याङ्क संकलनको आज एक कार्यक्रमकाबीच उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले शुभारम्भ गरेका थिए ।

बुटवल ११ देवीनगर संजिवनी चोकबाट नापजाँच सुरु गरिएको कार्यक्रमा बोल्दै सुवेदीले भने, ‘तथ्याङ्क संकलनलाई विवादरहित र न्यायपूर्ण बनाउनका लागि सामाजिक संघ–संस्था, जनता तथा जनप्रतिनिधिहरुले सहयोग गर्नुहोस् ।’ 

सुरुवातमा वडा नं ११ को लालपुर्जा जग्गालाई सिमानामानी ८० बिघा क्षेत्रफल मापन गरिने उनले बताए । वडा नं ११ का वडाअध्यक्ष तथा नापजाँचका संयोजक रामचन्द्र क्षेत्रीले १८ हजार घरधुरीको लगत संकलन भएको बताए । आधुनिक ढंगबाट नापजाँचको लागि ग्लोबल टेण्डर आव्हान गरि क्रियशन एजुकेशनल एण्ड कन्ट्रक्सन प्रालिलाई जिम्मा दिइएको नगरपालिकाले जनाएको छ । जग्गाको तथ्याङ्क संकलनका लागि नगरले ११ लाख ९२ हजार बढी बजेट विनियोजन भएको छ ।

नगरभित्र कूल १६ हजार ५ सय घरधुरी अव्यवस्थित तथा सुकुम्बासी रहेकोमा वडा नम्बर ११ देविनगरमा सबैभन्दा बढी ६ हजार ५ सय घर–धुरी रहेका छन् । नापी अवधिभर तथा नापी भइसकेपछि खाली जग्गामा संरचना नबनाउन तथा बिक्रि वितरण नगर्न यसअघि नै सूचना भइसकेको छ ।

नापीका क्रममा रंगशालामार्गमा ढल, खानेपानी र सडकका लागि ५१ फिटको बाटो छोडिने छ भने त्यसभन्दा तलका मार्गहरुमा हाल रहेका बाटोको चौडाईअनुसार नै रहनेगरी तथ्याङ्क संकलन हुने उपमहानगरले जनाएको छ । बुटवल ११ सवैभन्दा धेरै सुकम्वासी भएको मानिन्छ ।

यो सकुम्वासीहरुको समस्यालाई नै  दलहरुले चुवानी एजेन्डा बनाउने गरेका छन् । स्थानीय तह, प्रदेश र सधिय निर्वाचनमा  यहाँ प्राय दलहरुले चुवानी धोषणा पत्रमा  सुकुम्वासी समस्या समाधान गर्ने  उल्लेख गरेका थिए ।  आज देखी शुरुको कार्यबाट स्थानीय उत्साहित बनेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप