शिक्षालाई विकास निर्माणसँग जोड्नुपर्छ: मन्त्री पोखरेल

चितवन । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले शिक्षालाई विकास निर्माणसँग जोड्नुपर्ने बताएका छन् । आज भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री पोखरेलले हिजोको जस्तो सामान्य ढङ्गले शिक्षामा गुणात्मक सुधार नहुने बताए । उनले भने, ‘नेपालको इतिहासमा पहिलो पटक एकीकृत शिक्षा नीति आएको छ, सामुदायिक विद्यालयलाई सबलीकरण कार्यक्रमको घोषणा गरेका छौँ ।’ उनले नयाँ शिक्षा नीतिले उपक्षेत्रगत नीतिहरुलाई पनि व्यवस्थित गर्ने बताए ।
मन्त्री पोखरेलले सामुदायिक विद्यालयलाई सबलीकरण गर्ने आयामहरु सरकारका तर्फबाट कार्यान्वयनको प्रक्रियामा लगिएको बताए । ‘प्रधानाध्यापक, शिक्षक, समुदाय र स्थानीय सरकारको भूमिका राम्रो हुनुपर्छ’, उनले भने, ‘विद्यालयको जग्गा, कक्षाकोठा र अन्य भौतिक पूर्वाधारको सुधार आवश्यक छ ।’ उनले सामुदायिक विद्यालयलाई व्यवस्थित रुपमा चलाउन नयाँ ढङ्गले काम गर्नुपर्ने बताए । हरेक सामुदायिक विद्यालयले गुरुयोजना निर्माण गरेर अघि बढ्नुपर्ने उनले बताए ।
अर्को प्रसङ्गमा शिक्षामन्त्री पोखरेलले मेडिकल शिक्षा अध्ययनरत विद्यार्थीको मागका सम्बन्धमा सरकारले ठीक कदम चालेको बताए । उनले २०७४ सालदेखि लिइएको बढी शुल्क तत्काल फिर्ता र २०७२ देखिको हकमा आयोगको रिपोर्टका आधारमा निर्णय गरिने बताए । कतिपय कलेजमा शुल्कको समस्या समाधान भएको भन्दै उहाँले बाँकी रहेका कलेजको पनि छिट्टै टुङ्गिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘एभियोट्रेस नेपाल स्कुल अफ टेक्नोलोजी’ विरुद्धको रिटमा लिखित जवाफ माग
-
सर्वोच्चले जिल्लासँग माग्यो पूर्वडीआईजी जोशीलाई थुनामा पठाउने आदेशको कैफियत प्रतिवेदन
-
पाँचपटकका च्याम्पियन चेन्नई र मुम्बईसँगै संकटमा छन् यी चार टोली
-
ट्रेलरमा यस्तो देखियो हरिवंशको ‘भूठान’
-
धार्मिक पर्यटकका लागि भक्तपुरको कलममसी आकर्षक गन्तव्य बन्नसक्छ : मन्त्री सिंह
-
गभर्नर नियुक्तिमा उमेर हद हटाउने मापदण्ड कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश