शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

चिसो बढेसँगै सिरहाका सामुदायिक विद्यालय बन्द

मङ्गलबार, ०८ पुस २०७६, १५ : १४
मङ्गलबार, ०८ पुस २०७६

सिरहा ।  चिसो बढेसँगै सिरहाका सामुदायिक विद्यालयहरु बन्द भएका छन् ।  सिरहाको लहान र मिर्चैया नगरपालिका तथा बडियारपट्टी गाउँपालिका र नरहा गाउँपालिकाले पुस ११ गते सम्मका लागि विदा दिएका हुन् । 

 स्थानीय तहहरुले पुस ७ देखि ११ गतेसम्म हिउँदे विदाबाट कटौती हुनेगरी विदा दिएको सार्वजनिक सूचना प्रकाशित गरी जानकारी दिएका छन् ।  

हुस्सुसँगै बिहानैदिखि चल्ने शीतलहरका कारण तराईको जनजीवन प्रभावित हुन थालेको छ ।

स्थानीयतहले आफ्नो क्षेत्रभित्रका सवै विद्यालयहरु बन्द गर्न सार्वजनिक सूचना प्रकाशन गरेको भएपनि नीजि विद्यालयहरुले भने विदा दिएका छैनन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप