शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सतक गोलको संघारमा सन्तोष

मङ्गलबार, ०८ पुस २०७६, १४ : ३१
मङ्गलबार, ०८ पुस २०७६

काठमाडौं । सन्तोष साहुखल नेपाली लिग फुटबलमा सफल खेलाडी हुन् । २०६० देखि लिग खेल्ने थालेका सन्तोष दशरथ रंगशालामा अहिले भिँडिरेका खेलाडीमध्ये सिनियर खेलाडी हुन् । राष्ट्रिय टोलीका पूर्व स्ट्राइकर सन्तोष शाहुखल यतिवेला सहिद स्मारक ‘ए’ डिभिजन लिगमा कीर्तिमानी सतक गोलको नजिक छन् ।

नेपाली फुटबलमा चरम विवाद र भूकम्पका कारण दशरथ रंगशालामा पुगेको क्षतिका कारण लिग फुटबलले निन्तरता पाएको थिएन । भूकम्पपछि ठप्प भएको लिग गतवर्षदेखि एन्फाले सुरु गरेको हो । लिग रोकिएपछि चार वर्षअघि बैदेशिक रोजगारीका लागि जापान हानिएका सन्तोषले गतबर्ष च्यासलबाट लिग खेलेका थिए । तर लिगका खेल लगातार नहुँदा उनी तीन खेल खेलेर जापान फर्किए ।

यसपटक सन्तोष ढुक्कसँग लिग खेल्न नेपाल आएका छन् । पुनः च्यासलमै आवद्ध भएको सन्तोसले यसपटक दुई खेलका तीन गोल गरिसकेका छन् । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा उनको गोल संख्या ९९ पुगेको छ । सन्तोषले २०६० सालमा ललितपुरको थ्रीस्टार क्लबबाट पहिलो पटक खेलेका थिए । उनले त्यही बेला संकटाविरुद्ध पहिलो गोल गरेका थिए । उनै सन्तोषको टोली च्यासलले बुधबार दशरथ रंगशालामा एनआरटीसँग खेल्दैछ ।

यदि यस खेलमा गोल गरेमा सन्तोषले ऐतिहासिक सय गोलको आँकडा पूरा गर्नेछन् । सन्तोषले थ्रीस्टारसँगै मनाङ, एपिएफ र च्यासलबाट लिग खेलेका छन् । मिहेनत र खेलप्रतिको लगावका कारण आफु सँधै गोल गर्न फिट रहेको सन्तोषले बताए । ‘सय गोल पूरा गर्छु भनेर फुटबलका लागेको थिइन ।

घरेलु लिग भइरहह्यो भने फुटबल पनि राम्रो हुन्छ  खेलाडीले फिट रहन खानपान र व्यायाममा ध्यान दिन आवश्यक छ । पछिल्लो समय नेपाली खेलाडीमा त्यस्तो पाएको छैन,’ ३४ वर्षीय सन्तोषले भने । उनले एनआरटीविरुद्ध गोल गर्दै सतक पुर्याउन आफु आँतुर रहेको पनि बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप