झापामा बसको ठक्करबाट महिलाको मृत्यु
मङ्गलबार, ०८ पुस २०७६, १३ : ३०

झापा । झापाको दमकमा बसले ठक्कर दिँदा पैदलयात्री महिलाको ज्यान गएको छ । पूर्वपश्चिम राजमार्गको दमक पश्चिम बस बिसाउने ठाउँमा आज बिहान पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना६ख ९३४३ नम्बरको यात्रुबाहक बसले ठक्कर दिँदा अन्दाजी ४६ वर्षीया महिलाको ज्यान गएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । बसको ठक्करबाट बाटो काट्दै गरेकी ती महिलाको घटनास्थलमा ज्यान गएको थियो ।
मङ्गोल वर्णकी ती मृतक महिलाको पहिचान हुन सकेको छैन । प्रहरीले दुर्घटनामा सङ्लग्न बस र चालकलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको दमक प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यादेशको अन्तर्वस्तु एउटा, ओलीको नियत अर्को : माधव नेपाल
-
‘दमन वा हिंसाको मुख्य जननी सत्ता हो भन्ने कुरा कांग्रेस–एमालेले बुझेनन्’
-
रास्वपाका २९५ वडा सदस्यले लिए सामूहिक शपथ
-
विपिन जोशीको अवस्थाबारे यथार्थ जानकारी प्राप्त हुन सकेनः परराष्ट्रमन्त्री
-
आइतबारदेखि मौसम क्रमिक रूपमा सुधार हुने
-
जनकपुर भन्सारद्वारा २४ करोड ७३ लाख राजश्व सङ्कलन