मोदीको विरोध गर्दा आखिर अनुराग कश्यपले के गल्ती गरे र ?

अनन्त प्रकाश /बीबीसी
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दिल्लीमा आयोजित र्यालीपछि सोसल मिडियामा हिटलरको एउटा भिडियो भाइरल भएको छ ।
यो भिडियो सेयर गर्नेमध्ये फिल्म निर्देशक अनुराग कश्यप पनि एक हुन् ।
भिडियोमा जर्मनीका शासक एडोल्फ हिटलर एक स्टेडियममा भाषण दिइरहेको देखिएका छन् ।
भिडियोको सबटाइटलमा लेखिएको छ, ‘यदि तपाईं चाहनुहुन्छ भने मलाई घृणा गर्नुहोस् तर जर्मनीलाई होइन ।’
मोदीको भाषणसँग तुलनाः
हिटलरको यो भाषणको तुलना मोदीको २२ डिसेम्बरको रामलीला मैदानको भाषणसँग गरिँदैछ ।
मोदीले गत आइतबार दिल्लीको रामलीला मैदानमा आफ्नो भाषणमा आफ्ना राजनीतिक विरोधीमाथि कटाक्ष गरेका छन् ।
मोदीले आफ्नो भाषणमा भनेका थिए, ‘यदि मोदीलाई देशको जनताले यो पदमा बसाएका छन् र यो तपाईंलाई मन परिरहेको छैन भने मोदीलाई गाली नगर्नुहोस् । मोदीलाई घृणा गर्नुहोस् । मोदीको जति विरोध गर्नु छ, त्यो पक्कै पनि गर्नुहोस् । तपाईंलाई मोदीसँग घृणा छ र जति पनि रिस पोख्न मन लागेको छ, त्यो पोख्नुहोस् । अरे, मोदीको पुतला जलाएर आहोरदोहोर गर्दा जत्ति लात हान्न मन लागेको छ, त्यो हान्नुहोस् । मोदीको पुतला जलाउन मन लागेको छ भने जलाउनुहोस् । तर देशको सम्पत्ति नजलाउ । गरिबको अटोरिक्सा र झुपडी नजलाउ । तपाईंलाई जति रिस उठेको छ त्यो मोदीलाई नै पोख्नुहोस् ।’
मोदीले आफ्नो भाषणमा अर्बन नक्सल शब्द पनि प्रयोग गरेका छन् ।
त्यसपछि अनुराग कश्यपले सोमबार भिडियो सेयर गर्दै अर्बन नाजी शब्द प्रयोग गरे ।
त्यसपछि डिलिट गरे भिडियोः
अनुराग कश्यपले ट्वीट गरेपछि पाँच हजारभन्दा बढी व्यक्तिले यो भिडियो रिट्वीट गरे । यसका साथै १३ हजारभन्दा बढीले यसलाई लाइक गरे ।
तर भिडियो जारी भएको केही समय पछि एक जर्मन महिलाले यो भिडियोको समग्रीमाथि प्रश्न गरिन् ।
जर्मनीको हेम्बर्ग युनिभर्सिटीबाट मनोविज्ञानको पढाई गर्ने मारिया रिथले ट्वीटसहित यस्तो जवाफ लेख्छिन्, ‘यो पूर्ण रुपमा गलत अनुवाद हो । तपाईंको वरिपरि जर्मनी भाषा जान्ने कोही पनि छैन ? यो भाषणमा मानिसहरुमाझ पुगेर अत्यधिक मद्दत गर्नेबारे कुरा गरिएको छ ।’
यो भिडियो र यसमा लेखिएको वाक्यको सत्यतामाथि प्रश्न उठेपछि अनुराग कश्यपले भिडियो डिलिट गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रातोपाटी ब्रिफिङ : राजसंस्थाको नारा बोकेर राप्रपा सडकमादेखि नो केबलकार समूह’लाई सरकारले बोलायो वार्तामासम्म
-
मधेसमा प्रचण्ड : उत्साह कि बाध्यता ?
-
राजसंस्था पुनर्स्थापनाको एजेन्डा बोकेर राप्रपा सडकमा
-
प्रेस चौतारी बागमती प्रदेश अध्यक्षमा रिमाल
-
युनिटी जर्नलको छैटौँ संस्करण विमोचन
-
घले नेतृत्वको उच्चस्तरीय समितिद्वारा एनआरएनलाई पत्र