बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय

सेलपे सेवा र सस्तो डिल बीच सेल–ए–ब्रेसन अफरको लागि सहकार्य

मङ्गलबार, ०८ पुस २०७६, १३ : २६
मङ्गलबार, ०८ पुस २०७६

काठमाडौं– नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकमको सेलपे सेवाले नेपालको शीर्ष ईकमर्स प्लेटफर्म सस्तो डिलसँग आगामी क्रिसमस र नयाँ वर्षलाई लक्षित गर्दै सेल–ए–ब्रेसन अफरको लागि  सहकार्य गरेको छ । यो अफर २४  डिसेम्बर २०१९ देखी २ जनवरी २०२० सम्म लागु हुनेछ ।   

यस क्रिसमस र नयाँ वर्षमा खुशीयाली बाड्नको लागि सेलपले सस्तो डिलसँग सहकार्य गरी सेल–ए–ब्रेसन अफर ल्याएको छ । जसअन्तर्गत ग्राहकहरुले सस्तो डिलमार्फत प्रथम पटक कुनै पनि सामान किन्दा ४०५ डिस्काउन्ट सेलपे एप्प मा लोयल्टी पोइन्टस्को रुपमा पाउनेछन् र थप १०५ डिस्काउन्टको सामानको खरिदमा चेकआउट् गर्दा डिस्काउन्ट कुपन पाउनेछन् । 

सस्तो डिलमा सेलपेमार्फत भुक्तानी गरी डिस्काउन्ट पाउनको लागि सस्तो डिलमार्फत सामान किन्दा सेलपेलाई भुक्तानी माध्यमको रूपमा छनौट गर्नुहोस् र ‘पे नाउ’मा ट्याप गर्न सकिन्छ । यो अफरको लाभ लिनको लागि चाडै नै आफ्नो मोबाईलमा सेलपे एप डाउनलोड गरी आफ्नो बैंक खाता लिंक गर्न सकिन्छ ।

सेलपे सेवा मोबाइल तथा वेब एप्लिकेसन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा सुरक्षित सेवा हो । सेलपेका अन्य विशेषताहरु यस प्रकार रहेको छ ।

-बास्तविक समयमा भुक्तानी
-बिना वालेट कारोबार गर्न सकिने 
-सुरक्षित
-मर्चेन्ट् शुल्क नलाग्ने
-लोयल्टी पोइन्टस

सेलपेद्वारा विभिन्न दुरसञ्चार सेवा, विजुली, खानेपानी, टिभी, ईन्टरनेटको महशुल भुक्तानी, विभिन्न पसल, रेष्टुरेन्टमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफर, पी२पी, पी२बी, बी२पी, बी२बी आदि वास्तविक समयमा गर्न सकिन्छ ।

यस सेवा मार्फत हुने सम्पूर्ण कारोवार बैंकिङ प्रणाली मार्फत सम्पन्न हुनेछ र सेलपे सेवासँग आवद्ध भएका बैंकहरुका ग्राहकहरुले सहज रुपमा यो सेवा लिन सक्नेछन् । सेलपे सेवा गुगल प्लेस्टोर तथा एप्पल एप्पस्टोरमा उपलब्ध छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप