एलजीको आर३२ रेफ्रिजेरेन्ट भएको एसी नेपाली बजारमा

काठमाडौं– एलजीको आधिकारी विक्रेता चौधरी ग्रुप अन्तर्गत सिजी ईम्पेक्सले एलजीको आर३२ रेफ्रिजेरेन्ट भएको एयर कन्डिसन नेपाली बजारमा भित्र्याएको छ ।
सिजी इलेक्ट्रोनिक्सले विगत ३० वर्षदेखि शिर्ष गुणस्तर भएका इलेक्ट्रोनिक्स उत्पादनहरु नेपाली बजारमा प्रदान गर्दै आएको छ । सिजीले एलजीसँग साझेदारी गरी नेपाली ग्राहकहरुलाई एलजीको अभिनव इलेक्ट्रोनिक्स उत्पादनहरु प्रदान गर्दछ ।
आर३२ ग्याँस ले एलजी इन्भटर एयर कन्डिसनको प्रणाली दक्षता बृद्धि गर्दछ, जसले गर्दा कम उर्जा खपत हुन्छ र एयर कन्डिसन लाई अधिक टिकाउ बनाउँछ । आर३२ ग्याँस यस्तो किसिमको ग्याँस हो जसले कुशलतापूर्वक गर्मी बोक्छ र कम वातावरणीय प्रभाव पार्दछ ।
आर२२ र आर४१०ए जस्ता व्यापक रुपमा प्रयोग हुने रेफ्रिजरेन्टहरुको तुलनामा आर३२सँग ग्लोबल वार्र्मिङ सम्भाव्यता छ जुन एक तिहाई कम हो र यसको कम वातावरणीय प्रभावको लागि उल्लेखनिय छ । यसमा रहेको ब्ल्याक ओसियन प्रोटेक्सन टेक्नोलोजी ले जंग र रस्टको समस्याहरुलाई समाधान गर्दछ ।
डुवल कम्प्रेसर भएको यस एसी ले ७०% सम्म विजुली बचत गर्दछ साथै सक्रिय चार–चरण उर्जा नियन्त्रण गर्दछ जसले मान्छेको संख्या र कोठामा क्रियाकलापको स्तरका आधारमा एयर कन्डिशनरले उत्पादन गर्ने शितलताको समायोजन गर्दछ ।
एलजीका एयर कन्डिसनर मा १० वर्षको वारेन्टि पनि रहेको छ, साथै एलजीको एसी प्रयोग गर्दा वार्षिक ३२ हजार सम्मको बचत पनि गर्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रिप्टोकरेन्सी कारोबारमा संलग्न व्यक्ति सशस्त्र र नेपाल प्रहरीबाटै लुटिए
-
प्रशिक्षणमा सहभागी कांग्रेस क्षेत्रीय सभापतिहरू भन्छन्– ऊर्जा मिल्यो
-
अन्तरपालिका भलिबलको उपाधि नवलपुरको बौदीकालीलाई
-
दूतावास च्याम्पियनसिप फुटबल : नेपाललाई २ का विरुद्ध ८ गोल
-
कालीगण्डकी कोरिडोर सडक : मालढुङ्गा–फर्से खण्ड कालोपत्र
-
समितिमा विचाराधीन विधेयकहरू छिटो टुंग्याउन अर्थमन्त्री पौडेलको आग्रह