बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

स्वप्निल शर्माको ‘मौन’ टुबोर्ग ओपन सेसन्स् २ मा सार्वजनिक

मङ्गलबार, ०८ पुस २०७६, ११ : ५५
मङ्गलबार, ०८ पुस २०७६

काठमाडौं– प्रख्यात गायक स्वप्निल शर्माको गीत ‘मौन’ टुबोर्ग ओपन सेसन्स् २ मा सार्वजनिक भएको छ । दन्गाली समुदायका थारुहरुको थारु भाषामा रहेको ‘मौन’ गीत मार्फत शर्माले दुई सुन्न तथा बोल्न नसक्ने प्रेमीहरुको कथा बताएका छन् । 

च्यानल आरबिट्ररीद्वारा २०१८ मा शुरु गरिएको टुबोर्ग ओपन सेसन्स् एक युट्युब श्रृंखला हो र पछिल्लो सिजनको व्यापक सफलतापछि केहि प्रख्यात कलाकारहरुको बेजोड प्रस्तुतिको साथमा टुबोर्ग ओपन सेसन्स्को सिजन २ शुरु भएको छ ।

टुबोर्ग ओपन सेसन्स् २ मा स्वप्निल शर्माले आफ्नो जादुई स्वरको साथमा उनको यस प्रिय रचनालाई प्रस्तुत गरेका छन् । सधैँ आफ्नो रचनाहरु विभिन्न नेपाली भाषाहरु मिलाई प्रस्तुत गर्न चाहने स्वप्निलले ‘मौन’ को लागी थारु भाषा छानेका छन् । 

नेपालको तराई क्षेत्रमा बसोबास गर्दै आईरहेका थारु समुदाय, अभिनव संस्कृति र परम्परा भएको देशको पुराना र ठुला समुदायहरु मध्ये एक हो । शर्माले नै ‘मौन’ को लागी मौलिक शब्दहरु लेखेका थिए भने, रामजी कुशमियाले थारु भाषामा अनुवाद गरेका हुन् ।

नेपाली संगीत बजारमा परिचित गायक स्वप्निल शर्मा हालै आफ्नो व्यवसायमा पनि सक्रिय छन् । उनलाई प्रायः लोकप्रिय रक ब्याण्ड ‘दि स्याडोज्’ को भोकलिस्टको रुपमा चिनिन्छ । नेपाली रक संगीतमा उनलाई एक सफल उदाहरणको रुपमा धेरै दर्शक र नयाँ कलाकारहरुले लिने गर्दछन् ।

टुबोर्ग ओपन सेसन्स्को सिजन २ मा विभिन्न प्रतिष्ठित कलाकारहरुले आफ्नो लोकप्रिय गीतहरु मौलिक भन्दा भिन्न शैलीमा प्रस्तुत गरेका छन् । पहिलो सिजनमा ‘च्यानल आरबिट्ररी’ मार्फत युट्युबमा अपलोड गरिएको ५१ वटा बेजोड प्रस्तुतीहरुले १० मिलियन भन्दा बढी भ्युज संकलन गर्न सफल भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप