शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मिनीटिपरले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु

मङ्गलबार, ०८ पुस २०७६, १० : २३
मङ्गलबार, ०८ पुस २०७६

महोत्तरी जिल्लाको जलेश्वर–जनकपुर सडकखण्डको चाँदनीचोकमा मिनीटिपरले ठक्कर दिँदा एक साइकलयात्रीको सोमबार साँझ मृत्यु भएको छ । 

मृत्यु हुनेमा जिल्लाको पिपरा गाउँपालिका–४ का ५५ वर्षीय रामदिनेश मण्डल रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए  ।

धनुषाको जनकपुरबाट महोत्तरीको जलेश्वरतिर आउँदै गरेको बा४ख ५७२८ नंको मिनीटिपरले पिपरा गापा–५ को चाँदनीचोकमा साइकलमा यात्रारत मण्डललाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो । 

 उनले मिनीटिपरका चालकलाई नियन्त्रणमा लिइएको र  मृतकका शव परीक्षण गर्न गएराति नै जिल्ला अस्पताल जलेश्वरमा पठाइएको बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप