तीन तले मिनी पानीजहाजको सफल परीक्षण

चितवनको नारायणी नदीमा व्यावसायिक सञ्चालनका लागि निर्माणाधीन पानीजहाजको सफल परीक्षण गरिएको छ ।
भरतपुर महानगरपालिका–१६ ज्ञानेश्वर सामुदायिक वन क्षेत्र काभ्रेघाटमा सो मिनी जहाजको निर्माण भएको उक्त क्रुज सिप (मिनी पानी जहाज) सफल परीक्षण गरिएको हो ।
निर्माण गरिरहेको राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिका प्रवन्धनिर्देशक रामचन्द्र कँडेलले भने, आइतबार साढे तीन बजे टेस्ट ड्राइभ गरेका थियौँ, परीक्षण सफल भएको छ ।
निर्माणको क्रममा रहेको क्रुजको ९० प्रतिशत काम सकिएको कँडेलले जानकारी दिए । नारायणगढ बजारबाट करिब छ किलोमिटर दक्षिण पश्चिममा रहेको काभ्रेघाटबाट नारायणी नदीमा परीक्षण गरिएको हो ।
एक किलोमिटर जति सञ्चालन गरेका थियौँ, कँडेलले भने, हामी सफल भएका छाँै, अब बुधबार केही किलोमिटर परीक्षण गर्दैछौँ । तीन तला रहेको जहाजको सुन्दरता दिने काम बाँकी रहेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा शालिग्राम नेपालले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ला लिगामा सेभिया र मलोर्काले अंक बाँडे
-
ठेक्का अवधि सकियो तर सडक कालोपत्र भएन
-
सरकारी घोषणाको ७ वर्षपछि प्रदेशमै निःशुल्क डायलासिस सेवा, विरामीलाई बल्ल राहत
-
झापा गोल्डकप : भुटानको डागा युनाइटेड सेमिफाइनलमा
-
एकै पल्ट २३ सय ८५ जना प्रहरी सहायक हवल्दारको सरुवा
-
रातोपाटी ब्रिफिङ : राजसंस्थाको नारा बोकेर राप्रपा सडकमादेखि नो केबलकार समूह’लाई सरकारले बोलायो वार्तामासम्म