यस्तो पो रहेछ आँखामा आँखीभौं हुनुको रहस्य

हाम्रो आँखाभन्दा माथिको डीलमा रौंको झुप्पा हुन्छ । त्यो झुप्पालाई आँखीभौं भनिन्छ । आँखीभौंले मानिसको अनुहारको स्वरुप बनाउन निकै ठूलो भूमिका खेल्छ । मानिस सुन्दर देखिनु वा नदेखिनुमा आँखीभौंको पनि केही हदसम्म योगदान हुन्छ । साँच्चै भन्ने हो भने आँखीभौ नभएको मानिस अनौठो देखिन्छ । यसले हाम्रो सुन्दरता बढाउने काम गरिरहेको हुन्छ । त्यसैले हामी आँखीभौमा धेरै ध्यान दिने गर्छौँ । धेरैजनाले त यसलाई परेला र ओठ जस्तै गरी विभिन्न आकार दिएर मिलाएको पनि पाउन सक्छौँ । आँखीभौंले मानिसको सोँचाइ र भावनालाई पनि जान्न मद्दत गर्छ । किनभने विभिन्न भावनामा मानिसले विभिन्न तरिकाले आँखीभौ चलाउने गर्छ ।
हाम्रो शरीरका सबै भागहरुमा रौं हुन्छ र शरीरमा रौं हुनुको आफ्नै अर्थ र कामहरु हुन्छन् । शरीरको कुनै भागमा बढी रौं हुन्छ त कुनै भागमा कम रौं । आँखीभौं चाहिँ हाम्रो शरीरको बढी रौं हुने भागहरुमध्येको एउटा भाग हो ।
हाम्रो आँखाको डीलमा हुने आँखीभौको मुख्य काम भनेको आँखालाई विभिन्न तरिकाले जोगाउनु हो । यसले हाम्रो आँखाको ओसिलोपनाबाट जोगाउन मद्दत गर्छ । गर्मीमा हिँडेको बेला यसले पसिनालाई आँखामा खस्न दिँदैन । त्यसै गरी पानी परेको बेला पानीलाई पनि हाम्रो आँखामा छिर्न दिँदैन । आँखीभौकै मद्दतले हामी पानी परेको बेला पनि मज्जाले देख्न सक्छौँ । आँखीभौले पानी र पसिना बग्ने दिसालाई परिवर्तन गरिदिन्छ । जसले गर्दा हाम्रो आखाँमा तिनीहरु छिर्न पाउँदैनन् । यसरी पानीमा रहेको हानिकारक वस्तु र पसिनामा रहेको नुनलाई आँखामा पर्नबाट जोगाउँछ । जसले आँखा चिलाउने समस्या पनि आउँदैन ।
कसै कसैको विचारमा त आँखीभौले मानिसलाई अहिलेसम्म धेरै बाँच्नका लागि मद्दत गरेको छ । पानी परेको बेला पनि देख्नु सक्दा मानिसलाई ओत खोज्नु सम्भव हुन्छ । जसले ठूलै दुर्घटनाबाट जोगाउन सक्छ । यदी हामी कुनै जनवारबाट भाग्दै छौँ भने पनि हाम्रो टाउकोमा धेरै पसिना आउँछ । पसिनालाई आँखामा छिर्नबाट रोके पछि हामी सजिलै त्यस्ता जनवारबाट बँच्न सक्छौँ । त्यसैले यसले केवल हाम्रो आँखालाई मात्र जोगाउँदैन । कहिलेकाहीँ यसले हाम्रो ज्यान पनि जोगाउन सक्छ । त्यसै कारण पनि आँखीभौ भएको मानिस आँखीभौ नभएको मानिसभन्दा धेरै समय बाँच्न सक्छ भन्ने गरिन्छ ।
Title photo: https://i.ytimg.com/vi/KkoDPuYxnIk/maxresdefault.jpg
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानी दूतावास अगाडि प्रदर्शन, तस्बिरहरू
-
२ साताभित्र ‘रियल टाइम बक्सअफिस’ सुरु हुने
-
पदाधिकारी बैठकमा देउवा : गभर्नर चाँडै नियुक्ति हुन्छ
-
पाकिस्तानको संवेदनशील क्षेत्रमा रहेका विद्यार्थीलाई स्वदेश फर्काउन सांसद श्रेष्ठको माग
-
पूर्वराजाको नाममा उठाएको पैसा बुझे नवराज सुवेदीले
-
आतंकवादको खिलाफमा हुने कारबाही जायज : नेपाली कांग्रेस