शुक्रबार, ११ असोज २०८१
ताजा लोकप्रिय

विधानसभा चुनावमा भाजपालाई अर्को धक्का लाग्ने संकेत

सोमबार, ०७ पुस २०७६, २२ : २०
सोमबार, ०७ पुस २०७६

मुम्बई । भारतको सत्ताधारी भारतीय जनता पार्टी (भाजपा) ले पूर्वी राज्य झारखण्डमा भएको विधान सभा चुनावमा अपेक्षाकृत सफलता नपाउने देखिएको छ ।

निर्वाचन आयोगका अनुसार मुख्य विपक्षी दल भारतीय काँग्रेस पार्टी र उसको क्षेत्रीय गठबन्धनले ८१ सीटमध्ये बहुमत स्थानमा अग्रता लिइरहेका छन् । भाजपाले जम्मा सोमबार अपरान्ह्सम्म २४ सीटमा अग्रता लिएको छ । 

सरकारले ल्याएको नागरिकता सम्बन्धी नयाँ कानुनविरुद्ध देशव्यापी रूपमा जारी विरोधकाबीच मतदान भएको र यसले भाजपाको उक्त निर्णयलाई पनि मतदानका माध्यमबाट अनुमोदन गर्ने वा गलत ठहराउने छ भनी विशेष चासोका साथ हेरिएको भारतीय सञ्चारमाध्यमले जनाएको छन् ।

झारखण्डमा भाजपाको नेतृत्व गरिरहेका मुख्यमन्त्री रघुबर दास मतगणनाको सुरूवाती चरणमा पार्टीकै विद्रोही उम्मेदवार सरयू रायभन्दा पछि परेको बताइएको छ ।

भाजपाले झारखण्डमा अपेक्षाकृत मत नपाउनुलाई मुसलमान समुदायको विरोधी भएको दावी गरिने नागरिकतासम्बन्धी नयाँ कानूनले प्रभाब परेको आलोचकहरूले बताएका छन् । विरोध प्रदर्शनका क्रममा १० दिनसम्म भएका झडपहरूमा भारतमा कम्तीमा २० जनाको मृत्यु भएको छ ।

यो वर्षको सुरुमा भएको संसदीय चुनावमा अत्यधिक बहुमत प्राप्त गरी विजयी भएको प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको भाजपा विधानसभा निर्वाचनमा निकै कमजोर देखिएको छ । भाजपाले अक्टोबर महिनामा हरियाणामा भएको विधान सभा चुनावमा पनि बहुमत गुमाएको थियो । त्यस्तै क्षेत्रीय सहयोगी शिव सेनासँगको सम्बन्ध टुटेपछि भाजपाले महाराष्ट्रमा सरकार बनाउन सकेको थिएन । –पीटीआई
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप